पेट्रोलपम्प बन्द : खुल्लमखुल्ला कालोबजारी

  • चैत २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर: शेखर योगी

धरान । धरानको पेट्रोल पम्पहरुमा पेट्रोल नभए पनि बोतलहरुमा भने छ्यास्छ्यास्ती पेट्रोलियम पदार्थ विक्रीमा राखिएको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगी एक सातादेखि आन्दोलनमा छन । सार्वजनिक यातायात क्षेत्रमा जस्तै इन्धन ढुवानीमा वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका समयमा अहिले पेट्रोलियम पदार्थको चरम अभाव बढेको छ ।

तर धरानका किराना पसल, होटल लगायतका पसलहरुमा मिनिरल वाटरमा बोतलमा भरेर विक्रीका लागि पेट्रोल राखिएको देख्न पाइन्छ । कालाबजारी गर्नेहरुले अभावको फाइदा उठाउँदै आयल निगमले तोकेको मूल्य भन्दा दोब्बर तेब्बरमा पेट्रोल विक्री गर्न थालेका छन् । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २ सय ७३ रुपैयाँ ३८ पैसा बढाएको छ । पेट्रोलमा भने १ रुपैयाँ ४८ पैसा घटेर आएको छ । निगमले कमिसन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका हुन् । यसैको फाइदा उठाउदै काला बजारी गर्नेहरुले खुल्लमखुल्ला मिनिरल बोतलमा राखेर विक्री गर्दा समेत सम्बन्धित पक्ष मौन छ । यसरी राखिएका पेट्रोल प्रतिलिटर १ सय ७५ देखि लिएर २ सय सम्ममा विक्री गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।

शुक्रबार धरानको हिमालयन पेट्रोल पम्पमा लामो समयसम्म लाइनमा लाग्दा समेत पेट्रोल नपाएका सर्वसाधारणहरुले बाध्य भएर पेट्रोल ब्ल्याकमा किन्नु परेको बताएका छन् । ‘म शुक्रबार मोटरसाइकलमा पेट्रोल हाल्न दिनभर पम्पमा बसे, मेरो पालो आउना लाग्दा पम्पमा तेल सिद्धियो, त्यसपछि मैले ब्ल्याकमा प्रतिलिटर २ सयमा ३ रुपैयाका दरले तेल खरिद गरे’ मणिराम गुरुङले बताए । उनले भने, ‘काला बजारी गर्नेहरुका लागि यो समय राम्रो समय रहेछ, जता पनि जनता मारमा पर्ने त रहेछ ।’ पेट्रोलियम पदार्थको बिक्री बापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव सिर्जना भएको हो ।

पछिल्लो समय रुसले युक्रेनमा गरिरहेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको विरोधमा ६ बुँदे माग राख्दै व्यवसायीले अत्यावश्यक वस्तु इन्धनको ढुवानीमा पनि अवरोध गरिरहेका छन । पहिलो चरण अन्तर्गत चैत ६ मा निगमबाट पीडीओ नकिनेका ग्यास उद्योगीले १० गते भारतका सबै रिफाइनरीबाट एलपी ग्यास लोड बन्द गरेका थिए । चैत १४ मा नाकाबाट भन्सारसमेत नछुटाएको निगमले जनाएको छ । आन्दोलनलाई निरन्तरता दिँदै बुधबार पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूले पीडीओ लिएनन । चैत १७ मा ग्यास उद्योगबाट विक्रेतालाई बिक्रीवितरण बन्द गर्ने, १८ गते पेट्रोलियम ढुवानी ट्यांकरले लोडिङ÷अनलोडिङ बन्द गर्ने र माग सम्बोधन नभए २० गतेबाट देशभर पूर्ण रूपमा बिक्री बन्द गर्ने चेतवानी दिइसकेका छन् ।

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved