‘परिवर्तनका लागि सामाजिक अभियान वडावडामा’ : मुटुरोगीलाई राहत

  • चैत २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाच गर्न पाउँदा दंग भएका हुन् ।

आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषि बजारमा डा. शाहद्वारा निःशुल्क उपचार हुदै गरेको थाहा पाएपछि हतार हतार आए । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोगेका उनी सहज हुने भएपछि इनरुवादेखि धरान आएका हुन् । कृषि बजारमा उपचारपछि उनले भने, ‘आज त सहजै उपचार गर्न पाइयो ।’ मधुमेह र उच्च रक्तचापको समस्या भएका हुनाले सधै नै यसरी नै सहज ढंगबाट उपचार गर्न पाए कति राम्रो हुने उनले बताए ।

डा. प्रशान्त साहबाट सहज रुपमा उपचार पाउने वातावरण मिलाइदिएको उनले परिवर्तनका लागि सामाजिक अभियानलाई धन्यवाद समेत दिए । ७० बर्र्ष भन्दा माथिका बृद्धबृद्धालाई लक्षित गरी अभियानले शुरु गरेको निःशुल्क उपचार प्रभावकारी बन्दै गएपछि बृद्धबृद्धा सबै मेदिनीजस्तै हर्षित बनेका छन् । अभियानले वडा वडामा गएर उपचार गराएकोमा उनीहरुले धन्यवाद समेत दिएका थिए ।

हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्दै आईरहेको क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि मधुमेह, उच्च रक्तचाप र मुटु रोग सम्बन्धि स्वास्थ्य जाँच हुदै आईरहेको छ । १२ औं संस्करण सम्पन्न गरेको अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक आइतबार धरान १३ कृषि बजारमा राखेको थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा चाप अत्याधिक हुँदा बृद्धबृद्धाले सास्ती पाएको महशुष भएपछि वडावडामै गएर निःशुल्क स्वास्थ्य चेक गरिएको मुटुरोग विशेषज्ञ डा. साहले बताए । उनले भने, ‘बीपीमा अत्याधिक चाप हुन्छ, एक दिनमा २ सय ५० सम्म विरामी हेर्ने गरिन्छ । यसमा बृद्धबृद्धा धेरै छन् उनीहरुले लाइनमा बसेर पालो पर्खिदा सास्ती भोग्नुपरेको मैले महशुष गरे, त्यही भएर अभियानसँग सहकार्य गरेर यो अयिभान सञ्चालन गरेका हौं ।’

अभियानले राखेको निःशुल्क उपचारमा हालसम्म १ हजार भन्दा बढी लाभन्वित भएको संस्थाले बताएको छ । आइतबार कृषि वजारमा सञ्चालन गरेको शिविरमा ७७ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । उनले भने, ‘अभियानले गरेको कामलाई सबैले सह्रानीय काम भनेका छन्, विगतमा धरानका मात्र विरामी उपचारमा आउथे भने अहिले टाढाटाढाबाट समेत धाएरै डा. प्रशान्त साहलाई देखाउन आउँछन् ।’

अभियनाले कार्यक्रम शुरुदेखि नवौं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना गरेको थियो । यसलाई वडा वडामा पु¥याउने उद्देश्य अनुरुप एकीकृत कार्यक्रमलाई वडा वडामा पु¥याइएको स्वास्थ्य शिविरमा संयाजक त्रिभुवन बरालले बताए । उनले भने, ‘हामीले वडालाई केन्द्रित गरेसकेपछि हालसम्म धरान १८, २ र १ मा सम्पन्न गरिकेका छौं, आइतबार १३ मा ग¥यौ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved