धरान । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नर निलम्बित गरेको बताए । सरकारले आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन । गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोधन गर्दे सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । गठबन्धनको सरकार पश्चात पास भएको आर्थिक विधेयकमा जति रकम भित्र्याए पनि आयस्रोत
इटहरी/ ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन साँस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिकपन प्रति गौरब गर्न सिकाउने उद्देश्यले आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको जनाएको छ । विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ–आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरे पछि शुक्रवार विद्यार्थीहरु साँस्कृतिक पोशाकमा उत्साहजनक रुपमा सहभागी भएको विद्यालयले जनाएको छ । साताको शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति
धरान । धरान मोडल कलेजका वी एस डब्लु का बिधार्थीहरु तथा झीगु समाजका पदाधिकारीको वीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार धरान ३ स्थिति समाजको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष मोहनकाजी शाक्यले संस्थाको कार्यकम र योजना बारे जानकारी गराए । धरान मोडल कलेजका वि.एस्.डब्लु. डिपार्टमेन्ट प्रमुख विष्णु खनालले बिद्यार्थीहरुको फिल्डकार्य अन्तरगत अन्तरक्रिया गरिएको जानकारी गराए । कौशिकी क्याम्पसका प्रशा मोहन श्रेष्ठले संस्थाको प्रोफाइल बनाउन सहकार्य गर्न सकिने बताए । कार्यक्रममा बिद्यार्थीहरूले सामाज सेवा र सामाजिक कार्यको विषयमा अन्तरवर्ता लिई व्यक्तिगत विवरण समेत तयार पारेक थिए। झीग
धरान÷ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घका केन्द्रीय समिति अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्घको पहिलो केन्द्रीय साधारणसभाबाट वरिस्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् । २१ सदस्यीय नवगठित समितिका उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, अभिषेक रोशन, विक्रम अधिकारी, हेमन्त श्रेष्ठ, छमबहादुर अधिकारी, कान्तप्रसाद सुवेदी र कृष्णराज ढुङ्गाना छानिएका छन् । उपाध्यक्षहरूलाई क्रमशः प्रदेश नं.१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा संयोजकको जिम्मेवारी पनि दिइएको छ । यसैगरी, समितिका महासचिवमा होमप्रसाद अधिक
धरान । मोरङको उर्लाबारी नगरपालिका ४ आईतबारेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ का २८ बर्षीय राजन धिमाल रहेका छन् । बिहीबार राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धिमालको अरनिको अस्पताल उर्लाबारी लगीएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी ४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान । भेडेटारबाट करिब एक घन्टाको सवारी यात्रा पछि पुगीने राजारानीले मनै लोभ्याउँछ । भेडेटारबाट दाहीने तर्फको कच्ची सडकको यात्रालाई अघि वढाएपछि नाम्जे गाउँ पुगीन्छ । पछिल्लो समय होमस्टेका लागि निकै ख्यती कमाएको नाम्जेवाट अघि वढेपछि डाँडाबजार आउँछ । यात्रालाई अझै अघि वढाएपछि पुगिने चौबिसे गाउँपालिका वडा नम्बर ६ मा उपत्यका स्वरुपमा रहेको राजारानीले सवैको मन लोभ्याउँछ । ताल, झरना र प्राकृतिक मनोरम दृश्यको लागि राजारानी प्रख्यात छ । राजारानी घुम्न आन्तरिकदेखि बाह्य पर्यटकसमेत पुग्ने गर्छन । रानी पोखरीमा जलबिहारको छुट्टै मजाले धेरै पर्यटकलाई तान्ने गरेको छ । गाउँपालिकाले राजारानी क्षेत्रलाई पर्यटक
धरान । धनकुटा स्थित शहिदभूमि गाउँपालिका बिप्लेडाँडामा घनघोर जंगलको बीचमा अवस्थित छिन्ताङ जल्पादेवी मन्दिरमा धार्मिक पर्यटकहरु बढ्दै गएका छन् । १८ औं पुस्ताको पुजारी नागचुङग डगेन्द्र राईका अनुसार मन्दिरमा औंसी र आइतबार बाहेक सधै नियमित बेलुका ५ बजेपछि मात्र पूजाआजा हुने गरेको छ । मन्दिरमा सुँगुर, खसी बाहेक परेवा, कुखुरा, बोका, हाँस र राँगाको बली चढाइने गरिएको उनले बताए । पुजारी राईका अनुसार मन्दिरको विशेषता बाँसको कुनैपनि टुप्पो छैन भने यहाँ धुनीको रुपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ । मंसिरे र बैशाखे पूर्णेमा भब्य मेला लाग्ने मन्दिरमा बलि चढाइएको प्रसादको रुपमा रहेको मासुल
धरान । बराह ग्रुप प्रा.लि. अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आएका समस्याका बारेमा संस्थाले विहीबार पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गरेको छ । धरान १२ बराह सपिङ हलको बराह किचेनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले बराहको नियत खराब नभई संक्रमणिकालीन अवस्थाले समस्या ल्याएको बताए । उनले भने, ‘हामीले कोरोना महामारीका समयमा शेयर सदस्य तथा बचतकर्ताको घर घरमै पुगेर रकम दिएका थियौ, आवश्यक पर्ने खाद्य सामाग्री दिएका थियौ, बराह स्थापना भएदेखि नै सामाजिक कार्यसँगै व्यवसायलाई अगाडि बढाएका हौै ।’ उनले बराहलाई २०७२ सालको भुकम्पले पन
धरान । पुर्वी नेपालको सुनसरी जिल्ला बराहक्षत्रेत्र ५ स्थित अमाहा सामुदायिक वन क्षेत्र भित्र रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेसँगै पर्यटकको घुईंचो नै लाग्न थालेको छ । अमाहमा दैनिक रुपमा पिकनिक खान र त्यस क्षेत्रको सुन्दरता नियाल्न आन्तरिक र बाह्य पर्यटकहरुको आवत जावत हुन थालेको छ । आन्तरिक र बाह्य पर्यटक बढेसँगै अमाहमा पर्यटकीय गतिविधी समेत बढेको छ । शान्त हरियाली वातावरण युक्त अमाह सिमसारमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो नै लाग्ने गरेको शुक्रवार पिकनिकका लागि पुगेका टेकानेकुञ्ज सहकारी संस्थाका अध्यक्ष अमित गौतमले बताए । गौतमका अनुसार २०७१ सालदेखि स्था
धरान । दिर्घकालिन रुपमा धरानको खानेपानी समस्या समाधान गर्न सन २०१२ देखि खानेपानी परियोजना संचालन भए पनि समस्या यथावत रहे पछि मन्त्रालयले चासो देखाएको छ । शहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको धरानको खानेपानी परियोजनाको काम पूरा भएर बोर्ड गठन भइसक्दा पनि धरानमा खानेपानी समस्या जस्ताको तस्तै भएको पाइएपछि मन्त्रालयले चासो देखाएको हो । खानेपानीको अवस्थाको वास्तविता अध्ययन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयले ५ सदस्यीय अध्ययन समिति गठन गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । उनका अनुसार समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्ने