मोडर्न प्रिपेरेटोरीमा शुक्रबार साँस्कृतिक पोशाक

  • चैत २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन साँस्कृतिक पोसाक लागू गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिकपन प्रति गौरब गर्न सिकाउने उद्देश्यले आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको जनाएको छ ।

विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ–आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरे पछि शुक्रवार विद्यार्थीहरु साँस्कृतिक पोशाकमा उत्साहजनक रुपमा सहभागी भएको विद्यालयले जनाएको छ ।

साताको शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । प्रत्येक शुक्रवार विद्यार्थीहरु आफ्नो मौलिक पोसाकमा आउने र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल भीम बहादुर श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो आफ्नो मौलिक संस्कृति र भेष–भुषाप्रति सम्मान गर्न र त्यसप्रति नानीहरूमा सानै उमेर देखि सचेत बनाउँन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो । यसमा विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नु भएको छ ।’ पाठ्यक्रममा रहेको विषय बस्तुलाई प्रयोगात्मक रुपमै अनुभव गर्न पाउने भएकाले समाजको मौलिक संस्कृति र विविधतालाई बचाउन मद्दत पुग्ने उनको भनाई छ ।

FB_IMG_1649415802608 FB_IMG_1649415815431 FB_IMG_1649415763601

विद्यालय संचालक समतिका अध्यक्ष संजीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए । बाल मस्तिस्कमा आफ्नो संस्कृति र भेष–भुषा प्रति लगाव बढाउन सके हाम्रो संस्कृतिको रक्षा गर्न मद्दत पुग्ने बताउँदै उनले भने, ‘हाम्रो समाज बिभिन्न संस्कृतिको साझा फुलबारी हो । सबै समुदायको पोसाकको आ–आफ्नैं पहिचान र महत्व छ । संस्कृतिक भेष–भूषा राष्ट्रको सांस्कृतिक अंङ्ग पनि भएकाले हाम्रो आफ्नोपन बचाउन, नयाँ पुस्तालाई आफ्नो भेष–भूषाप्रति लगाव बढाउँन पनि यस्ता गतिविधिले मद्दत गर्दछ ।’

विद्यालयमा कक्षा ९ अध्ययनरत छात्र शुभम श्रेष्ठले आफ्नो भेषभूषाप्रति गर्व रहेको बताए । उनी दौरा, सुरुवाल, पटुका र टोपीमा सजिएर आएका थिए । विद्यालयमा अध्ययनरत छात्रा रितिक्षा विश्वास र अंकिता कुमारी चौधरी, प्रमिसा श्रेष्ठ लगायतका विद्यार्थीहरु पनि आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा निकै खुसी देखिएकी थिए । अंकिताले भनिन्, ‘हामी नेपाली हौं, नेपालका संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो, जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।’ अभिभावक पनि यस्तो व्यवस्थाप्रति खुसी छन् । ‘यो सराहनीय काम हो । बालमस्तिष्कमा नै भाषा, संस्कृतिको अमिट छाप बस्छ, अभिभावक टंक नेपालले भने, ‘संस्कृति जोगाउनमा यसले एउटा इँटा थपेको छ । हाम्रा विभिन्न पहिरन र पोसाकहरूलाई आवश्यकताअनुसार खुसीकासाथ प्रयोग गरिनु पर्छ ।’ विद्यालयमा तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, भुजेल, चौधरी, साह, गुप्ता लगायत जातजातिका विद्यार्थी अध्ययनरत छन् ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved