पर्यटकीय गन्तब्य बन्दै राजारानी

  • चैत २५, २०७८
  • "माया राई"
alt

धरान । भेडेटारबाट करिब एक घन्टाको सवारी यात्रा पछि पुगीने राजारानीले मनै लोभ्याउँछ । भेडेटारबाट दाहीने तर्फको कच्ची सडकको यात्रालाई अघि वढाएपछि नाम्जे गाउँ पुगीन्छ । पछिल्लो समय होमस्टेका लागि निकै ख्यती कमाएको नाम्जेवाट अघि वढेपछि डाँडाबजार आउँछ । यात्रालाई अझै अघि वढाएपछि पुगिने चौबिसे गाउँपालिका वडा नम्बर ६ मा उपत्यका स्वरुपमा रहेको राजारानीले सवैको मन लोभ्याउँछ । ताल, झरना र प्राकृतिक मनोरम दृश्यको लागि राजारानी प्रख्यात छ ।

राजारानी घुम्न आन्तरिकदेखि बाह्य पर्यटकसमेत पुग्ने गर्छन । रानी पोखरीमा जलबिहारको छुट्टै मजाले धेरै पर्यटकलाई तान्ने गरेको छ । गाउँपालिकाले राजारानी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योजनागत विकास अघि सारेको छ । राजा पोखरी भने निर्माणको क्रममा नै रहेको छ । पोखरीको संरक्षणका लागि बाँध बाँध्ने काम पूरा भइसकेको छ । पोखरीको चारैतिर भ्यूटावर निर्माण गरिएका छन । पोखरीको अग्रभागमा ‘सेल्फी पोइन्ट’ निर्माण गरिएको छ । अहिले पोखरी क्षेत्रमा हरेक दिन तराईबाट वनभोजका लागि टोली पुग्ने गर्छन । वनभोज खान र प्रकृतिक मनोरम दृश्यको मजा लिनेका लागि राजारानी गतिलो गन्तब्य बनेको छ । नयाँ बर्षलाई मध्यनजर गर्दै गाउँपालिकाले थप पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत काम सुरु गरेको छ ।

नागबेली ढुंगे दरबार क्षेत्रको संरक्षणसँगै राजारानीमा अवस्थित झरनासम्म पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । झरनामा रानी पोखरीबाट गएको पानी नै छहराबाट झर्ने गर्छ । पर्यटन कार्यालय काकडभिट्टाले यो क्षेत्रको संरक्षणको लागि ट्रयाक निर्माण गरेको छ । झरनासम्म पुग्न सहज बनाइएको छ । राजारानी धरान हुँदै भेडेटार पुगेपछि पूर्व लाग्नु पर्छ । भेडेटारबाट पर्यटकीय क्षेत्र नाम्जे हुँदै कन्यापोखरी र डाँडाबाजारबाट राजारानी पुग्न सकिन्छ । (प्रशिक्षार्थी)

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved