‘आयस्रोत खोज्दा पदबाट निलम्बन’

  • चैत २७, २०७८
  • "भगीरथ भण्डारी"
alt

धरान । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नर निलम्बित गरेको बताए । सरकारले आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन ।

गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोधन गर्दे सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । गठबन्धनको सरकार पश्चात पास भएको आर्थिक विधेयकमा जति रकम भित्र्याए पनि आयस्रोत उल्लेख गर्न नपर्ने रहेको भन्दै सरकारले दिएको आदेश गैर कानुनी रहेको भन्दा गर्भनर निलम्बीत भएको उनको दाबी छ ।

अहिलेको सरकारले सिन्को पनि नभाँचेको भन्दै गरेका काम पनि विवादित मात्रै गरेको नेम्वाङ बताउँछन् । फरक प्रसङ्गमा नेम्वाङले भने, ‘यो सरकारले अघिल्लो सरकारले जारी गरेको लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा हटाएर दक्षिण पन्थीसँग लम्पसार बनेको छ ।’ ‘दूषित गठबन्धनका नाममा अहिलेको सरकार जनादेश विपरीत काम गरिरहेको र आफ्नै कार्यकर्ता पनि असन्तुष्ट भइरहेको बताउँदै नेम्वाङले भने, पहिले सरकारले गरेका काम अहिले केही नेताहरुले मैले गरेको भन्दै फाइँदा लिई रहेको छ ।’

उनले भने, ‘चुनावी गठबन्धन सरकारका केही नेताले एमालेलाई धुलो चटाउने भन्दै भाषण गर्दै हिन्थे तर पाँचथरको उद्योग वाणिज्य संघको चुनाव र अन्य केही जिल्लाका चुनावको परिणाम पश्चात एक दुईसिट जित्छ भनेर भाषण फेर्न थालेको भन्दै काँग्रेस पनि एमालेकै डरले गठबन्धन विना चुनावमा काँमिरहेका छन ।’ एमालेको सरकार हुँदा भएका काम र अन्य सरकार हुँदा भएका काम जनताले मूल्यांकन गरिरहेको भन्दै नेम्वाङले बाँसवारी छाला जुत्ता उद्योग, इँटा उद्योग, भृकुटी कागज कारखाना, कृर्षि औजार कारखाना कसको पालामा बेचिएको भनेर प्रश्न गर्दे इलामको चिया बगान र सबैभन्दा पुरानो इलामको चिया कारखानाका महत्वपूर्ण मेसिन गायब गर्ने पनि कुन सरकार हो भनेर जनताले बुझिसकेको बताए । कम्युनिस्टहरुले बुढेसकालमा बूढाबूढीलाई गोलिठोकेर मार्छ, युवतीहरू असुरक्षित हुन्छन् भनेर भ्रमको खेती गरिरहेकाहरू एमाले सरकारमा पुगेर गरेको काम देख्न नसकेर एक भएको बताउँदै नेम्वाङले भने ‘दुसित गठबन्धनबाट बनेको सरकार जुनसुकैबेला भत्कनसक्ने छ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved