धरान । मोरङको उर्लाबारी नगरपालिका ४ आईतबारेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका ३ का २८ बर्षीय राजन धिमाल रहेका छन् ।
बिहीबार राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धिमालको अरनिको अस्पताल उर्लाबारी लगीएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र चालक उर्लाबारी ४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।