वीपीलाई ह्वीलचियर सहयोग

  • चैत २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका लागि १० थान ह्वीलचियर सहयोग गरिएको छ ।

हाम्रो धरान सरोकार समाजको संयोजनमा चैत २५ गते शुक्रबार महेश श्रेष्ठको अगुवाइमा ह्वीलचेयर सहयोग गरिएको हो । आकस्मिक कक्षमा उपचारमा आउने बिरामीहरुले ह्वीलचियर नपाउँदा समस्या भोग्नुपरेकाले समाजको फेसबुक पेजबाट आव्हान गरिएको थियो । १ सय वटा ह्वीलचियर प्रदान गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा १० वटा प्रदान गरिएको छ । ह्वीलचियर आकस्मिक कक्षका सहायक इन्चार्ज डा. मासुम पौडेललाई प्रदान गरिएको छ ।

उपचारका लागि आउने अशक्त, बिमारीहरुलाई उपचार कक्ष सम्म पु¥याउन र बिमारीको छिटो उपचारमा थप सहयोग पुग्ने भएकाले ह्वीलचियर वितरण गरिएको महेश श्रेष्ठले बताए । ह्वीलचियरका लागि स्वर्गीय मेयर तारा सुब्बाको नाममा समाजसेवी तथा गेसो महिला अभियन्ता श्रीमती रुपा राई, कान्तिपुर होटल म्यानेजमेन्ट इन्स्टिच्युट धरान ९ संस्थापक एवम प्रबन्ध धरान २ का गगनमान श्रेष्ठ, समाजसेवी तथा गेसो अभियन्ता धरान ८ का रमेश राई, स्व. राममाया राईको स्मृतिमा धरान ११ का नाति दिपेन्द्र राई, हाडजोर्नी विशेषज्ञ डा. रोसन कलवारका पिता लक्ष्मण कलवार एवं परिवार, स्व. रामशरण चौधरीको स्मृतिमा धरान ८ का सुरेश चौधरी, स्व. मानप्रसाद सम्यङ्गखामको स्मृतिमा धरान १९ का केशव प्रकाश सम्यङ्गखाम, प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख एवं पुर्व शिक्षाध्यक्ष डा. विक्रम प्रशाद श्रेष्ठ र मिर्गौला रोग तथा सपर्दंश विशेषज्ञ डा. संजिवकुमार शर्मा लगायतले सहयोग गरेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved