समाचार

    Showing 6,401-6,410 of 8,627 items.
  • एमाले धरानको नगर कमिटी विस्तार

    धरान÷नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ । त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गत

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट विराटनगर फर्किएका चार जनामा कोरोना देखियो

    विराटनगर । पछिल्लो दुई दिनयता विराटनगरमा फेरि नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । कोसी अस्पताल गरिएको स्वाब परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालका मेसु डा। चुमनलाल दासीका अनुसार नयाँ संक्रमित केही अघि भारतबाट फर्किएका हुन् ।तीन महिनायता विराटनगरमा संक्रमित शून्यमा झरेका थिए । कोभिड अस्पतालमा बिरामी भर्ना भएका थिएनन् । बिहीबार तीन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । तर शनिवारको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएन । वीपी प्रतिष्ठान धरानमा शनिबार गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्र

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 2,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह वास्केटवल प्रतियोगितामा डिपो र महेन्द्र च्याम्पीयन

    धरान / प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन । विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सभाध्यक्ष नेपाल बास्केटवल संघक

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रवेशद्वारमा अव्यवस्थित पार्किङ, व्यवस्थित गर्न छलफल शुरु

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर हुने गरेको अव्यवस्थीत पार्किङले एम्बुलेन्स तथा विरामी बोकेर आएका सवारीसाधनलाई पनि अस्तव्यस्त बनाएको छ । प्रतिष्ठानको प्रवेशद्वार अघि पार्किङ गरिएका टेम्पो, सिटीसफारी लगायतका सवारी साधनले अस्पताल प्रवेशमै बाधा पुर्याउने गरेको छ । अव्यवस्थीत पार्किङले गम्भीर प्रकृतिका बिरामी बोकेर आएका एम्बुलेन्सनै रोकिदा बिरामीहरु जोखिममा हुने गरेका छन् । जथाभाविको पार्किङले बाटोमा हिड्न्े बटुवा, विरामी लिएर आएका आफन्तहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ । दिनप्रतिदिन विरामीको चाप बढ्नु र प्रतिष्ठान रेफरल अस्तापलको रुपमा विकसित हुदै गएकोले प्रतिष

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 710 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम पुरा

    इलाम/ यहाँ निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पूरा भएको छ । इलामबाटै जहाज चढ्ने इलामवासीको सपना अब पूरा हुने भएको छ । धावनमार्गको लम्बाइ छ सय ७० मिटर र चौडाइ २० मिटर छ । जिल्लाकै गौरवपूर्ण आयोजनाको रूपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम बन्दाबन्दीका कारण केही प्रभावित बने पनि अहिले धावनमार्गसहित ट्याक्सी र हवाई पार्किङ स्थलसमेत कालोपत्रे गर्ने काम सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका विनायक भट्टराईले बताए । आठ करोड ४० लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कङ्क्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बन

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी जवानद्धय राई र बस्नेत सर्वोत्कृष्ट प्रहरी

    मोरङ । उत्कृष्ठ कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधि फागुन महिनामा अशोक राई र ज्ञान बहादुर बस्नेत घोषित भएका छन् । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै कर्तव्य ज्यान, अपहरण ग

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आठ महिनामा २७ करोड भन्दाबढी राजश्व संकलन

    सुनसरी /  प्रदेश नम्बर १ मा आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता हुँदा २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरा

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक महिनादेखि सचिव विहीन वडा

    इटहरी / मोरङको सुन्दरहरैंचास्थित एक नं वडा कार्यालयमा बिगत एक महिना देखि वडा सचिव नहुँदा दैनिक काम कार्वाहीहरू प्रभावित बनेका छन । सचिवको कोशी करीडोर अन्तरगत बिराटनगर सरूवा भएर गएपछि वडा फागुन देखि सचिव विहीन हुन पुगेको हो । वडा सचिव कार्यालयमा नभएपछि दैनिक जसो आवश्यक पर्ने कामहरू सबै प्रभावित भएका छन भने बालबालिकाहरूको जन्म दर्ता, बिवाह दर्ता, मृत्युदर्ता लगायत योजना सम्बन्धिका कामहरू प्रभावित भएको वडाका कर्मचारीहरूले बताएका छन । कार्यालयमा सचिव नहुदा सेवाग्राहीहरूलाइ पर्न गएको असुविधाको विषयमा पटक पटक नगर प्रमुख शिव ढकाल सँग गुनासो गरे पनि वेवास्था गरिएको वडाका जनप्रतिनिधिहरू बताउँछन्

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,111 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

    मोरङ/  सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फर्किएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।उनले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने पनि बताएका छन् । सभामुख सहित तत्कालिन एमालेबाट प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादीसँग एकता भएपछि नेकपासँग ६७ सदस्य रहेको थियो । ति मध्ये ३७ सदस्यले गत पुस १२ गते मुख्यमन्त्

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यामाहाको मिनि मेला आइतबार देखि

    सुनसरी । इटहरी स्थित तिरुपती अटो सिटी (यामाहा शोरुम ) ले सांगितिक प्रस्तुती सहित एक्सचेन्ज तथा अपग्रेड मिनि मेला संचालन गर्ने भएको छ । आईतवार देखी शुक्रबार सम्म विभिन्न साङ्गितीक कार्यक्रम सहित अन्य आकर्षकको रुपमा एक्सचेन्ज तथा अपग्रेड मिनि गर्न लागेको शोरुमका सचालक संयोग पराजुलिले जानकारी दिए । शोरुमका मेनेजर प्रबिन काफ्लेका अनुसार कार्यक्रममा ग्राहकले पुराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्न सक्नेछन् । \एक्सचेन्ज गर्दा मुल्यांकनमा बजार मूल्य भन्दा थप १५ हजार मुल्य थप गरिने भएको छ । साथमा निशुल्क सामग्री प्राप्त गर्न सक्नेछन् । न

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved