धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी मानव हड्डी तस्करीमा संलग्न भएको पाइएको छ ।
प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थीलाई विराटनगरबाट मानव हड्डीसहित पक्राउ गरेको छ ।
भारतको विहार राज्यको पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार नाकामा चेकजाँच गर्दा मंगलबार भारत विहारको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । उनका अनुसार सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए ।
लामिछानेले भने–‘शंका लागि चेकजाच गर्ने क्रममा उनको साथबाट एउटा मानिसको सिंगो शरीरको हड्डी फेला परेको छ । उनलले पढाइ सकेर घर फर्किएको आफ्नै अध्यनको लागि हड्डी बोकेर गएको बताएका छन्, वास्तविकता के हो, अनुसन्धानपछि मात्र थाहा हुन्छ ।’
उनले बरामद गरेको कंगाल सम्पूर्ण मानव शरीरमा रहेको भागहरु भएको बताए । उनले भने– उनकोे झोला खोलेर हेर्दा एउटा मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्ी, करङ, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद गरेका छौं, बराम गरेको सामाग्री हामीले प्रहरीलाई जिम्मा दिएका छौं ।’
पक्राउ परेका सिन्हाले आफूले अग्रज विद्यार्थीबाट अध्ययनका लागि मानव कगांल लगेर गएको बताएकाक छन् । उनले बीपीमा अध्ययन सकिसकेपछि अध्ययनका लगेको उनले बताए ।
उनले भने –‘एमबिबिएस अध्ययनका लागि यी सामग्री आवश्यक छन्, त्यहीभएर मैले लिएर गएको हुँ, सामान लिएर आउँदा कलेजलाई जानकारी भने गराइन ।’
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार सिंन्हाले मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १–१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८–८ वटा बरामद भएको छ । डिआइजी गिरीले भने–‘पक्राउ परेका सिन्हाले अध्ययनका लागि आफुले पाएको मानव कंगाल पढाई सकेर घर फर्कने क्रममा साथमा लिएर गएको प्रहरीसमक्ष वयान दिएका छन् । यस विषयमा अनुसन्धान भइरहेको छ ।’