‘शहिदको बलिदानको उपहार संविधान’

  • चैत २८, २०७८
  • "भगीरथ भण्डारी"
alt

धरान । देशका शहीदहरूले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपालको इतिहास र नेपालीको भविष्यका लागि उपहार भएको नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले बताए ।

शहीद रत्नकुमार वान्तवाको ४३ औँ स्मृति दिवसको अवसरमा इलाममा नेम्वाङले शहीद वान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको  भूमिका र योगदानको चर्चा गरेका थिए ।  उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा वान्तवाको योगदान महत्त्वपूर्ण छ, त्यसलाई मनन गर्दे कम्युनिस्ट नेता कार्यकर्ताले ऊर्जाशील ढङ्गबाट अगाडि बढ्न तयार हुनुपर्छ ।’

आइतबार इलामको ठुलो टुँडिखेल स्थित रत्न चोकमा रहेको शहीद वान्तवाको स्मारकमा माल्यार्पण गरिएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वान्तवाको सालिकमा माल्यार्पण गरेका थिए ।  यस्तै सिहंबाहीनी मन्दिर नजिक रहेको वान्तावाको समाधिस्थलमा पनि माल्यार्पण गरिएको थियो । 

वान्तवा स्मृति दिवसकै अवसरमा देउमाईको चित्रे स्थित रत्नकुमार वान्तवाको जन्मघर र उनले साहदात प्राप्त गरेको इभाङमा रहेको स्मारकमा पनि माल्यार्पण गरिएको छ । सूर्याेदय नगरपालिकामा कन्यामस्थित शहीद पार्कमा वान्तवाको स्मृति दिवस मनाइएको हो ।  नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद काजीमान कागतेले वान्तवाको तस्बिरमा माल्यार्पण गरेका थियो । कागतेले शहीद वान्तवाले कम्युनिस्ट पार्टीलाई यो उचाइमा ल्याउन गरेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा अन्य नेता कार्यकर्ताले पनि शहीद वान्तवाको तस्बिरमा माल्यार्पण गरेका थिए । यस्तै इलामका दश पालिकामा रहेका एमाले पार्टी कमिटीहरूले रत्नकुमार वान्तवाको स्मृति दिवस विभिन्न कार्यक्रम गरेको छ । उता काठमाडौँमा पनि इलाम काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले लेखेको पूर्वको रातो ताराको दोस्रो संस्करण लोकार्पण गरिएको छ । पोख्रेलले आफ्ना सखा शहीद रत्नकुमारका बारेमा रातो तारामा लेखेका छन् । 

२००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरङ्कुश पञ्चायती शासकहरूले देश द्रोहको आरोपमा हत्या गरेका थिए । शहीद रत्नकुमारलाई नेपाल सरकारले ०७२ फागुन १९ गते शहीद घोषणा गरेको थियो ।  तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका समयमा नेपाल र नेपालीलाई स्वतन्त्र गराउन राज्य विरुद्ध गतिविधि गर्दा रत्नकुमारले भूमिगत हुने क्रममा आफ्नै घरमा निर्माण गरेको सुरुङको समेत संरक्षण गरिएको छ । रत्नको जन्म घर इलाम नगरपालिका एकको चित्रेमा गतवर्षनै शहीद वान्तवा र कम्युनिस्ट शहीद बमप्रसाद वान्तवाको सम्झनामा स्मारक समेत निर्माण गरिएको छ ।  

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved