धरान/ अर्घाखाँचीकी विद्या भुषाल ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् । आरके मनोरञ्जन समुहको बाइसौ बार्षिकउत्सवको अवसरमा उनलाई नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम बहादुर आले मगरले उनलाई सो अर्वाडबाट सम्मान गरेका हुन् ।
भुषाललाई समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको आयोजक आरके मनोरञ्जन समुहले जनाएको छ । उनि अमना टुर एण्ड ट्राभल्सकी ब्राण्ड एम्बासडर समेत रहेकी उनले कोरोना भाइरसको संक्रमणको समयमा नेपाल सरकारले गरेको लकडाउनमा भैरबाह, बुटवल लगायतका स्थानहरुमा खाद्यन्न लगायतका राहत सामाग्री वितरणमा सकृय रहेकी भन्दै उनलाई ‘स्टार अफ द इयर’ घोषित गरिएको समुहका अध्यक्ष राम केसीले जानकारी दिए ।
उनले भने–‘संक्रमणका समयमा भुषालले जोखिम मोलेर आवश्यक क्षेत्रहरुमा खाद्यान्न लगायतका सामाग्री वितरणमा सक्रिय रहिन्, यसैको कदर गर्दै उनलाई स्टार अफ द इयरबाट सम्मानित गरेका हौ ।’ उनले चेली बेटीबेचवखिन रोकथामको क्षेत्रमा समेत काम गर्दै आएकी थिइन् । अवार्ड प्राप्त गरेपछि थप हौसला मिलेको र अझ सशक्त भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
उनलाई बिहिबार एक कार्यक्रमकावीच मन्त्री आलेले सो सम्मान प्रदान गरेका हुन् ।