धरान । सधै काममा व्यस्त रहने सञ्चारकर्मीलाई लक्षित गरी सौर्य हेल्थ केयर फाउन्डेशनले स्वास्थ्य चेकजाँच गरेको छ ।
धरान १८ मा फाउन्डेशनमै सञ्चारकर्मीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । पछिल्लो समय व्यवस्थताका कारण मधुमेह, उच्च रक्तचाप, मुटु रोगीको र्संख्यामा बृद्धि हुदै गएपछि फाउन्डेशनले नेपाल पत्रकार महासंघ सुनसरीसँग सहकार्य गरेर सञ्चारकर्मीको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो ।
शिविरमा ३१ जनाले मधुमेहको चेकजाँच गरेका थिए भने ४५ जना सञ्चारकर्मीहरुले मुटुको् इसिजि गरेका थिए । स्वास्थ्य चेकजाँचसँगै फाउन्डेशनले ४५ जना सञ्चारकर्मीहरुलाई निःशुल्क भिटामिन डी खोप समेत लगाइदिएको थियो । कार्यक्रममा सौर्य हेल्थ फाउन्डेशनका संचालक तथा चिकित्सक डा. प्रमोद अग्रवालले सधै काममा व्यस्त रहने सञ्चारकर्मीले आफ्नो स्वास्थ्य जाँच गराउने समय नभ्याउने भएकाले महासंघ सुनसरी सँग सहकार्य गरेको बताए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले फाउन्डेशनले सञ्चारकर्मीलाई निःशुल्क स्वास्थ्य चेकजाच गरिदिएकोमा धन्यवाद दिए । उनले भने, ‘आगामी दिनमा सौर्य र सञ्चारकर्मीबीच सहकार्य गरेर यस्तै काम गर्दै प्रतिबद्धता जनाउदै सदैव सहयोग हुने अपेक्षा हामीले लिएका छौ ।’
सौर्यले समाजमा उत्कृष्ट काम गर्नेहरुलाई यसबर्ष देखि सौर्य अवार्ड दिन थालेको छ । कोरोना कहरका समयमा उत्कृष्ट काम गरेको भन्दै सौर्य युथ अवार्डबाट धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई सम्मानको घोषणा गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले फाउन्डेशनको प्रंशंसा गरेका थिए ।