धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्
इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दा
धरान / सरकारले मंगलबार देखि देशभरका सम्पूर्ण विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मौसममा देखिएको खराबीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसगको प्रमार्श गरेर नै यो निणर्य गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।
विराटनगर/ नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा शुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो । ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिई रहेका छन । टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ ।एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुन्तिर एक जना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । भारतबाट जोगबनीको मुख्य नाका भएर विरलै आउने नेपाली
धरान/ प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले होलीको शुभकामना दिदै कोरोना महामारीको संक्रमणलाई मध्यनजर गरी सुरक्षित भएर होलि पर्व मनाउन आग्रह गरेका छन् ।रंगहरुको पर्व होलीको शुभकामना दिने क्रममा उनले सावधानीपूर्वक होली पर्व मनाउन प्रदेश नं. १ बासीलाई आ आग्रह गरेका हुन् । उनले शुभकामना दिने क्रममा भनेका छन्–‘वसन्त ऋतुलाई स्वागत गर्दै आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–
इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् । लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिना
बराहक्षेत्र/ बिहिबार चतरा स्थित कोशिको बगरमा धरानकी मोडल सानया लिम्बू मेहनत गरेर क्यामेरा फेस गरिरहेकी देखिन्थिन् । एक म्युजिक भिडियोमा समेत अभिनय गरेसकेकी मोडल सानया विहिबार भिडियोका लागि नभई टिकटकलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्नेमा उनको ध्यान थियो । कोशीको किनाराका सेता बलुवामा टिकटक बनाएर नौलो र आकर्षित बनाउन चतरा आएकी सानयाको साथमा क्यामेरा मेनसहित को–एक्टर पनि थिए । कोशीको वगरमा ३–४ वटा टिकटक बनाएका सायना सहितको टिमले पानीबोटमा समेत टिकटक बनाए । अर्गानिक परिबेशमा फलोअर बटुल्ने योजनामा सानया छिन् । उनको टिकटकमा १ लाख भन्दा बढि फलोअर्स रहेका छन् । सायना जस्तै अन्य कलाकार
धरान/ अघिल्लो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालीहरुको मौलिक चाडपर्वलाई प्रभावित बनाएको थियो । कोरोनाका कारण नेपालीहरुले विगतका बर्षहरुमा हर्षोल्लासका मनाएका होली पर्व पनि गतबर्ष घर भित्रै त्रसित मानसिकतामा मनाएका थिए । यस बर्ष भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका धरानेहरु जिल्ला प्रशासन कार्यालय सुनसरीले होलीमा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेपछि निराश बनेका छन् । धरान १५ का विवेक लिम्बु गतबर्ष मनाउन नपाएको होली पर्व यस बर्ष खुलेर मनाउन उत्साहित थिए । तर यस बर्ष पनि कोरोना संक्रमण देखिन थालेपछि र सरकारले समेत भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेपछि
धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले कुनै व्यक्तिको सनक र एउटा समुहको निर्णयबाट पार्टी नचल्ने बताउँदै एमाले विधान अनुसार चल्ने पार्टी भएको दाबी गरे । शनिबार नेकपा एमाले (नेपाल समुह)को धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा सपथ कार्यक्रममा निरौलाले पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मा केन्द्रित भएका कारण आम कार्यकर्ताले दुख पाएको बताउँदै उनले आधिकारीक पार्टिको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा बोल्दै एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले एउटा समुहले आफुहरु अधिबेशनबाट निर्वाचित भएर आएको र सर्बोच्च अदालतले
विराटनगर । प्रदेश १ सरकारको मन्त्रीमण्डल शुक्रबार विस्तार हुँदैछ । मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद्मा चार जना नयाँ थप्ने र दुई जना राज्यमन्त्रीलाई बढुवा फूलमन्त्रीमा बढुवा गर्दैछन । सबैको सपथग्रहण प्रदेश प्रमुखले आजै गराउँदै छन ।कृषि राज्यमन्त्री रामकुमार राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ‘फुल मन्त्री’ बन्दैछन । यसैगरी नयाँ मन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिईंदैछ । प्रदेश सांसद उषाकला राई सामाजिक विकास राज्यमन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार