धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट
धरान/ ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ । विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय
विराटनगर । विराटनगरमा नक्कली रेम्डेसिभिर औषधि बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अति नै जोखिमपूर्ण अवस्थामा आईसियू र भेनिटलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई यो औषधि चलाइन्छ । तर, महामारीका बेला जीवनदायी मानिने औषधिलाई नै नक्कली खोल हालेर गिरोहले बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रु. ९० पर्ने ‘स्टासेफ’ नामक इन्जेक्सनमा नयाँ लेबल लगाएर गिरोहले रेम्डेसिभिरको नाममा बिक्री गर्ने गरेको खुलेको हो । उनीहरुले ७ हजार देखि २५ हजार रुपैयाँसम्म नक्कली औषधि बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विर
धरान/ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट काम थालेका छन् । यसै क्रममा इटहरी उपमहानगरपालिकाले पनि कोरोना जोखिम न्यूनिकरणकाका साथै सहथ रुपमा उपचार प्रदान गर्ने उद्देश्यले ५० शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ । आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसने तीन दिन भित्रमा तयार गरेर सञ्चालनमा ल्याइने छ । स्वास्थ्य महाशखा प्रमुख सिग्देलले भने–‘आइसेलसन तयार भइसकेको छ तीनभित्रमा सञ्चााल
खोटाङ । खोटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –५ का १० वर्षीय टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो । बिहान ७ः४५ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनलाई मंगलबार राति अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सर रोग पीडित थिए । यसैगरी अस्पतालमा उपचारकै क्रममा विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १७ गते अस्पताल भर्ना गरिएका उनमा पुरानो कुनै रोग नरहेको बताइएको छ ।
इटहरी । कोशि राजमार्ग संगै जोडिएका सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालिक २९२ साना एवम ठुला उद्योगका उद्योगिहरू अहिले मारमा परेका छन ।पहिलो चरणको कोरोना संगै गत वर्ष भएको नौ महिना लकडाउनले थला परिसकेको औद्योगिक करिडोरका उद्योगहरू फेरि दोश्रो लहरको संक्रमण समुदाय स्तरमा फैलिएसंगै प्रसाशनले जारि गरेको निषेधाज्ञाका कारण उद्योगिहरू मारमा परेका हुन । औद्योगिक करिडोर भित्र सञ्चालित उद्योगहरूले कोरोना संक्रमण र निषेधाज्ञा जारी भएसंगै ५० प्रतिशत उपभोग्य बस्तुहरूको उत्पादनमा कटौति गरेका छन । यो संगै संक्रमणको खतरालाइ मध्यनजर गर्दै उद्योगहरूले दुइ वटा समय तालिका बनाइ सञ्चालन गृन थालेका छन । कर
विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १ सय ९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२
विराटनगर/ कोरोना संक्रमणको दर अधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा स्वाब संकलन गर्न शुरु गरेको छ । यसअघि पनि महानगरले अशक्त र ज्येष्ठ नगारिकको स्वाब संकलन गर्न मोबाइल भेन संचालन गरेको थियो । अहिलेसम्म ‘एन्टिजेन टेष्ट’ मात्रै परीक्षण गर्दै आएकोमा संक्रमितको संख्या दैनिक दुई सयको संख्यामा बढ्न शुरु भएपछि तीन स्थानबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो । महानगरका मेयर भीम पराजुलीले भने,“महानगरभित्र संक्रमितको संख्या अत्यधिक बढ्न थालेकोले स्वाब संकलन केन्द्र नै सञ्चालन गरेर परीक्षणको दायरा फराकिलो बनाएका हौं ।” उनले संक्रमितको सम्पर्कमा रहेका मानि
धरान/ कोरोना भाइरसको दोस्रो लहर तीब्ररुपमा बढ्ने थाले सगैँ जिल्ला प्रशास कार्यालय सुनसरीले निषेधाज्ञको समय बैशाख २१ गतेसम्मको लागि थप गरेको छ । मंगलबार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले यसअघि बैशाख २४ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको अवधि ३१ गते सम्म लम्ब्याउने निणर्य गरेको हो । बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । तर, महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक नलगाइने बैठकले गरेको छ । खाद्