टेम्पो र सफारी कर घट्छ: भण्डारी

  • वैशाख १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt मन्जु भण्डारी सुवेदी, नेकपा एमाले मेयर उम्मेदवार धरान उपमहानगरपालिका

धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् ।

धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व केन्द्रिय अध्यक्ष मोतिराज सुनुवारले मजदुरलाई लगाइएको ट्राफिक नियमबाट मजदुरहरु पीडित हुने गरेको भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न उचित हुने गरी नियम कानुन बनाउन लागि पर्ने बताए । उनले अनिवार्य रुपमा लगाउनुपर्ने ज्याकेटले मजदुरलाई झन्झट भएको र ज्याकेटकै कारण फाइनमा पर्ने र कतिपय अवस्थामा कुटाइ खानेसम्मका घटना भएकोले त्यसलाई सच्याउन पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा उपमेयरमा उमेदवार रहेका पदम लिम्बुले बस बिसौनिमा भएको समस्यालाई समाधान गर्ने बताए । उनले धरान पर्यटकीय क्षेत्र भएकाले पर्यटकको घुइचो बढी हुने बसपार्क व्यस्थापन हुन नसकेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा धरानको स्मार्ट बसपार्क निर्माणाधिन भएको बताउदै भानुचोकको भिडभाड व्यवस्थित हुने बताए । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवशमा बुद्धिजीवी, एमाले नेता, कार्यकर्ता र मजदुरहरुको उपस्थिति रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved