धरानमा २ जना मेयरका उम्मेदवार सहित २४ जना उम्मेदवारले फिर्ता लिए

  • वैशाख १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालकामा उमेद्वारी दिएकाहरुमध्ये मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका २४ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् ।

निर्वाचन नियमको तालिमका अनुसार धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय धरान १२ मा वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । तथी मध्ये २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीका अमृता सुनारले आफ्नो उम्मेदवारी फिर्ता लएका हुन् ।

यसैगरी ९ जना वडाध्यक्षहरूले पनि उम्मेदवारी फिर्ता लिएका छन ्। वडाध्यक्षबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट धरान–२ का पिंकी अग्रवाल, धरान–६ का लोकबहादुर खडका, धरान–९ का रविन श्रेष्ठ, धरान–१२ का गंगा बराल पौडेल, धरान–१४ का दलबहादुर कठियत र धरान–१६ बाट प्रेमबहादुर तामाङ रहेका छन् ।

वडाध्यक्षबाट नेपाली कांग्रेसबाट गणेश बजगाईँ, स्वतन्त्रबाट २ जना वडाध्यक्ष धरान–२ बाट गणेश प्रधान, धरान–१६ बाट प्रेम बहादुर तामाङले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरूमा खुल्ला सदस्य तर्फ ७ जना, जसमा नेकपा माओवादी केन्द्रबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट १ जना र नेपाली कांग्रेसबाट १ जना रहेका छन् । महिला सदस्यबाट उम्मेदवारी फिर्ता लिनेहरूमा नेकपा माओवादी केन्द्रबाट ३ जना र नेपाली काङ्ग्रेसबाट १ जना गरी जम्मा ४ जनाले फिर्ता लिएका छन् । दलित महिला सदस्यबाट १ जना गरी जम्मा धरानबाट २ मेयर, १ उपमेयर सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय धरानले जानाएको छ ।
उमेद्वारी फिर्तासँग धरानमा अब विभिन्न पदमा ४ सय ४७ जनाले निर्वाचन लड्ने पक्का भएको छ । यसैबीच शनिवार स्वतन्त्र उमेद्वारका लागि निर्वाचन अधिकृतको कार्यालय चुनावचिन्ह समेत प्रदान गरिसकेको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved