जसपाले धरानमा एक्लै लड्ने

  • वैशाख १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए ।

धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच चार दलीय गठबन्धन बनेको थिया । उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने दिनसम्म पनि वडाको बाडफाडमा ठूला दलहरुको हावी भएको भन्दै जसपाले असन्तुष्ट व्यक्त गरेको थियो ।

यसैबीच सत्ता गठबन्धन दलभित्रकै नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, सोही पार्टीका उपप्रमुख अमृता सुनारले भने गठबन्धनको निर्णय अनुरुप उम्मेदवारी फिर्ता लिएको थियो । तर जनता समाजवादीबाट नगर प्रमुखका ताजुब लिम्बू र उपप्रमुख विना राईले उम्मेदवारी फिर्ता लिएनन् । जसपाबाट मेयरका उमेद्वारी दिएका ताजुव लिम्बुले–‘वडा बाँडफाँडमा ठूला दलहरुले आफूलाई सम्मान जनक उपस्थिति हुने खालको वातावरण दिएनन् हामीले त्यसमा हाम्रो आपत्ति रहयो, त्यसपछि हामीले छुट्टै उमद्वारी दर्ता गरेका हौ ।’

उनले अनुसार धरान वडा १९ र वडा १० को अध्यक्ष सहित सदस्यहरूका लागि कांग्रेसले छोड्ने निर्णय गरे पनि त्यो कार्यान्वयन नभएका बताए । उनले भने–‘हाम्रो माग पनि सम्मानजनक उपस्थिति हो, त्या नभएपनि गठबन्धन धरानमा टुटेको हो ।’

नेपाली कांग्रेसका सुनसरी –२ सुजेन्द्र तामाङले गठबन्धनको केन्द्रीय नीति अनुसार जसपासँग वार्ता बारम्बार छलफल गरेपनि सहमति नभएको बताए । उनले भने–‘जसपाले उम्मेदवारी फिर्ता नलिएपनि जसपा गठबन्धनमै रहेकाले धरानको चुनावमा गठबन्धनको उम्मेदवारलाई सघाउने निश्चित छ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved