एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमासम्म

  • वैशाख १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो । लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् ।

जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार्यकालमा गरेका कामहरुलाई यहाँ हामीले शब्द चित्रमा उतार्ने प्रयास गरेका छौं ।

वडाका विभिन्न स्थानमा सडक विस्तार, ढल, एजिङ वाल निर्माण भएका छन् । वडाको बजेटबाट मात्रै विकास निर्माणको काम गर्न सम्भव नरहने वडाध्यक्ष लामा बताउँछन् । उनकै पहलमा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा सडक निर्माण भएको छ । पाँचवर्षको अवधिमा लामाको नेतृत्वमा रहेको वडाले शिक्षा र खेल क्षेत्रमा पनि उल्लेख्य काम गरेको छ ।

वडाले सगरमाथा खेलमैदान स्तरोन्नती, खेलमैदानमा माटो भर्न ५ लाख बजेट बिनियोजन गर्ने देखि ज्ञानोदय मा वि, शिक्षा ज्योति आधारभुत विद्यालयमा वालमैत्री विद्यालय बनाउने देखि कुर्सी लयागतका शैक्षिक सामग्री कम्प्युटर, पोशाक लागायतका सामाग्री प्रदान गरेको छ । वडाले आर्थिक अवस्था कम्जोर भएका वडाबासिहरुको स्वास्थ्य बिमा गरेको छ । यूूवाहरुको क्षमता विकास गर्न बेसिक र डिप्लोमा सम्मको कम्प्युटर तालीम, लोकसेवा आयोग कक्षा संचालन प्रदान गरिएको छ । वडामा रहेका महिलाहरुको सीप विकास गर्न आर्थिक स्तर उकास्न विभिन्न किसिमका सिलाई कटाई तालीम, महिला अभिमुखिकरण सम्बन्धी तालीमहरु सञ्चालन गरेको छ । विशेष क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक, खेलकुुद सामाग्री प्रदान गरेको छ ।

लामाकै कार्यकालमा वडालाई ३९ सूचक र १६ खुडिकिला पुरा गर्दै बालमैत्री वडा घोषण भएको छ । कोभिडको समयमा समस्यामा परेका जनताहरुलाई वडाले विभिन्न किसिमका राहातका प्याकेज निर्माण गरि प्रदान गरेको छ । कोभिडका कराण मृत्युु भएकाहरुको शव व्यवस्थापन देखि उपचार सम्मका लागी पहल गरेको छ । विभिन्न किसिमका विपद्मा परेका वडाबासीहरुलाई राहतका प्याकेज घोषणा गरि सहयोग गर्दै आएको छ ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved