समाचार

    Showing 6,061-6,070 of 8,618 items.
  • कोरोना नियन्त्रणमा गम्भीर बन्न प्रदेश सांसदहरुको माग

    विराटनगर । प्रदेश नं १ का सांसदले कोरोना महामारीसंग जुध्दै जन जीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् । आठौ बजेट अधिवेशनको मंगलबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले कोभिडको नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन । उनले भनिन्, “संक्रमितहरु अक्सिजन नपाएर मर्नुपर्ने अवस्थालाई कम गर्न सरकारले ठोस योजनाका साथ अघि बढ्न जरुरी छ ।&rdquo

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरी गर्न एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

    सुनसरी । एटिएम मेशीन तोडफोड गरि रकम चोरी गर्ने क्रममा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब २ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित नविल बैंकको एटिएम बुथमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको थियो । भारतको मधुवनी जिल्ला ग्राम पंचायत लौकाहा घर भई अहिले उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई तोडफोड गर्दै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,214 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ४४ जनाको मृत्यु, ११ सय ५१ सक्रिय संक्रमित

    इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा आएको २४ गते सोमबार ४० दिन पुगेको छ । एक साता यता जिल्लामा निषेधाज्ञालाइ खुकुलो बनाइए संगै केहि मात्रामा विकाश निर्माणका कामहरू अघि बढेका छन भने स्थानीयहरूको जनजिवन पनि थोरै सहज बन्दै गएको छ । जिल्लामा ब्यापार ब्यवसाय, शैक्षिक गतिविधि ठप्प भएपनि कोरोना संक्रमणको दर दैनिक घटदै गएको पाइएको छ । जिल्लामा निषेधाज्ञा जारी भएको ४० दिन पुगिसक्दा सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 630 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अस्थायी प्रहरी चौकी आक्रमण गर्ने दुइजनाले गरे आत्मसमर्पण

    धरान। धरानको अस्थायी प्रहरी चौकी प्रवेश गरेर प्रहरी माथी आक्रमण गर्ने समुहको २ जनाले आत्मसमर्पण गरेका छन् । गत जेठ १३ गते साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जनाले जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेका हुन् । प्रहरीको अनुसार धरान-१५ बस्ने ३२ वर्षीय रेगन राई, धरान-४ बस्ने ३० वर्षीय वसन्त राईले सोमबार राती आत्मसमर्पण गरेका हुन् । उनीहरूले प्रहरी चौकीमा पुगेर प्रहरी माथि नै आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । उनीहरूलाई धरान प्रहरीले धनकुटामै पुगेर व्यापक खोजी गरिरहेको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 531 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु

    धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आज देखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए । मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाविरुद्धका चाइनिज खोप लगाउन शुरु

    विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काँकडभिट्टा–ईनरुवा रेलमार्ग बिस्तार : मुआब्जा बिवाद असार भित्रै टुंग्याउने

    इटहरी । प्रदेश एकको सुनसरी, मोरङ र झापा गरि तिन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यहि असार मसान्त भित्र टुंगिने भएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्त भित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका छन । स्थानीय संगै सरोकारवालाहरूले रेल मार्ग बिस्तारको काममा ढिलासुस्ति भएको र मुआब्जा नदिए सम्म काम अघि बढाउन नदिने भने पछि तिनै जिल्लाका प्रमुख जिल्ला प्रमुखहरूको भर्चुअल बैठकले आगामी असार मसान्त सम्ममा मुआब्जा बिवाद टुंगोमा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 986 पटक पढिएको
    • "तेजबहादुर बन"
  • लकडाउन मोडालिटी परिवर्तन गरि लुजडाउन शैलि अपनाउने तयारी

    सुनसरी । दोस्रो चरणको कोरोना संक्रमण शुरु भए पछि घोषणा गरिएको लकडाउनले नागरिकको दैनिकी नै प्रभावित बन्न थाले पछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरि ‘लुजडाउन’ शैली अपनाउने भएको छ । सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने गरी ‘लुजडाउन’ जारी राख्ने तयारी गरिएको हो । देशका ७७ जिल्लामध्ये खोटाङ र मनाङ बाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । अधिकांश जिल्लाहरुमा जेठ ३१ सम्म निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको शैलीलाई परिमार्जन गरि दैनिक जनजीवन सहज बनाइने बताए । उनले अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रह

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङ लागेर बेलबारीका ३८ वर्षीय पुरुषको मृत्यु

    मोरङ । मोरङको बेलबारी नगरपालिका ५ कसेनीका ३८ वर्षीय मनिराम चौधारीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्रोत नखुलेको १४ लाख २५ हजार रुपैंयासहित दुईजना पक्राउ

    इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved