वीर नेम्वाङलाई काङसारे पुरस्कार

  • जेठ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर सौजन्य : लक्ष्मण थापा

धरान । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आउनु भएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे सम्मानाट सम्मानित गरेको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई एक लाख राशी सहित साथै सम्मान पत्रले सम्मान गरेको हो ।

सन् १९७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सेनाध्यक्ष रघु रानाबीच मल्लयुद्ध काङ्सोरे सहिद भएका थिए । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले अत्यन्तै श्रद्धाका साथ स्मरण गर्ने गर्छन् । उनकै स्मरणमा नेम्बाङलाई सम्मान गरिएको हो ।

धरान १५ मा रहेको करात याक्थुङ चुम्लुङको भवनमा नेम्वाङलाई प्रदेश नंं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानपत्रसहित नगदले सम्मान गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रदेशसभाका समामुख भण्डारीले वीर नेम्बाङ जस्तो व्यक्तित्वलाई सम्मान गरेकोमा संस्थालई धन्यवाद दिए । आफनो जाति, भाषा, संस्कृति र पहिचानका लागि लड्ने योद्धाहरुलाई समाजले सम्मान गर्ने परम्परा गरेकोप्रति उनले प्रशंसा गरे ।

समाजका अध्यक्ष अध्यक्ष छत्र वनेम लिम्बुवानजन्य संघ संस्थाको उपस्थिति रहेको थिया । सो अवसरमा लिम्बुवान आन्दोलनमा वीर नेम्बाङले पु¥याउनु भएको योगदानको वक्ताहरुले कदर गरेका थिए ।

नेम्बाङल सन् १९८६े लिम्बुवान मुक्ति मोर्चा नामक राजनीतिक संगठन स्थापना गर्नुभएको थियो । उनको नेपाली, अंग्रेजी र याक्थुङ भाषामा गरी दर्जन कृति समेत प्रकाशित भएका छन् । उहाका लिम्बुवान युवाहरू वास्तविक मुक्ति चाहन्छन्, लिम्बुवानको रामकहानी, सेम्मुई, माङ्हुप, लिम्बु संस्कृतिका केही विशेषता, गोपाल गुरुङको आरोप, लिम्बुको पहिचाना के हो ?, वीर नेम्वाङका कविता, लिम्बुवान संघर्ष किन, लिम्बुवान जलिरहेछ लगायतका पुस्तकहरु प्रकाशित भएका छन् ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved