ट्रयाक्टर दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाइते

  • जेठ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

ईलामको रोङ गाउपालिका ४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे १ त ४४७८ नम्बरको  ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदाँ ट्याक्टर चालक सुर्योदय नगरपालिका १२ का  २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भएकोमा उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।

यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे  मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदाँ घाईते भएका स्थानिय  राम प्रसाद अधिकारीको ९ बर्षीय  छोरा  गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved