धरान फुटबल क्लबलाई पराजित गर्दै मोतिराम क्लब जिल्ला लिगको फाइनलमा

  • जेठ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिराटनगरको मोतिराम फुटवल क्लव प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा जारी प्रतियोगितामा मोतिरामले धरान फुटबल क्लबमाथी २–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । इटहरी रंगशालामा भएको सोमबारको पहिलो सेमिफाइनलमा मोतिरामलाई उपाधी होडमा पुर्याउन उमेश कार्की र अभिषेक लिम्बुले एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औं र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका उमेश कार्की घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ का वडाअध्यक्ष जितेन थापाले २ हजार एक सय र मेडल प्रदान गरे ।

मंगलबारकोे अन्तिम सेमिफाइनल खेल धनकुटाको देउराली फुटबल क्लब र झापाको शनिश्चरे फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १ का ११ जिल्लाका क्लबहरु सहभागी छन । ती सबै क्लब जिल्ला लिग च्याम्पियन हुदै प्रदेश लिगमा सहभागी हुन पाएका हुन । असार १ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले नगद २ लाख पुरस्कार पाउदा उपबिजेताले नगद १ लाख रुपैया पाउने इटहरी फुटवल क्लवका अध्यक्ष अनुरोध थापाले बताए ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved