धरान । इलामको माईजोगमाई गाउँपालिकाले वेबसाईडमा जनप्रतिनिधिको नाम परिवर्तन गरेको छ । निर्वाचन सम्पन्न भएको एक महिना वितिसक्दा पनि पालिकाले वेबसाइड मार्फत गलत सुचना दिएको भन्ने समाचार कोशीपत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि नाम परिवर्तन भएको हो ।
बैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएपिन पालिकाले वेबसाईडमा पुरानै जनप्रतिनिधिको नाम राखेको थियो । समाचारमा वेबसाईडले गलत सूचना दिएको भन्ने समाचार आएपश्चात तत्काल वेबसाईड परिवर्तनहुन थालेको थियो । गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७४ पछि www.maijogmaimun.gov.np नामकोे वेबसाइट चलाउँदै आएको छ । यसैमा बजेट तथा कार्यक्रम, योजना परियोजना, पालिकाका निर्णयहरु, ऐन कानुन तथा कार्यविधीहरु, सावजनिक खरिद तथा बोलपत्रका सूचनाहरु जस्ता महत्वपूर्ण सूचना देखि गाउँपालिकामा निर्वाचित पदाधिकारी र कर्मचारीको तस्विर र फोन नम्बर सहितका विवरण पनि राखिएका छन् ।