समाचार

    Showing 6,021-6,030 of 10,035 items.
  • सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    धरान । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा प्रदेश १ ०२ ०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिँदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका ११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारक

    • प्रकाशित मितिः असार ८, २०७९
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा बाढीले २५ घर डुबानमा, १३ घरपरिवार विस्थापित

    धरान । झापाको कोरतुवा खोलामा बाढी आउँदा २५ घर डुबानमा परेका छन् भने १३ घर परिवार विस्थापित भएका छन् l अविरल वर्षाका झापाको रतुवा खोलामा आएको बाढीले जमिन कटान स्थानीको घर डुबान तथा कटान गरेको हो । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा कटान गर्दा १३ घर विस्थापित भएको प्रहरीले बताएको छ । विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ। उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प

    • प्रकाशित मितिः असार ८, २०७९
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भलुवा गोल्डकपको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनलाई

    धरान । आठौँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि उचालेको छ । सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको अन्तिम खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाइ १–० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि उचालेको हो । खेलको पहिलो पूर्वाद्र्धमा दुबै टिमबाट गोल हुन सकेन । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा उचरार्धको ७४ औं मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गराए । जितसँगै क्यारुनले नगद ३ लाख र उपविजेतामा चित्त बुझाएको रारा फुटबल क्लब राजारानीलाई १ लाख ५० नगद सहित ट्रफी र प्रमाणपत्र हात पारे प्रतियोगिताको विजेत

    • प्रकाशित मितिः असार ८, २०७९
    • 975 पटक पढिएको
    • "चन्दन रौनियार"
  • विमानस्थल पिडित आन्दोलन: 'कि मुआब्जा कि जग्गा फिर्ता'

    धरान । रोक्का भएको जग्गा फुकुवा र मुआब्जाको माग राख्दै विमान स्थल पीडित संघर्ष समितिले चरणवद्ध आन्दोलन शुरु गरेका छन् ‘कि मुआब्जा कि जग्गा फिर्ता देउ, आन्दोलन हैन बाध्यता हो भन्ने प्लेकाड बोकेर उनीहरुले उनीहरूले विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिएका छन् । लामो समयदेखि जग्गा रोक्का राखेको‚ मुआब्जासमेत नदिएको र बजेटमा समेत मुआब्जा सुनिश्चितता नगरिएको भन्दै विमानस्थल पीडितहरू आन्दोलनमा उत्रिन बाध्य बनेको संघर्ष समितिका संयोजक वेदराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार विमानस्थल पीडित संघर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

    • प्रकाशित मितिः असार ८, २०७९
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन प्रर्वद्धनको लागी चित्रकला कार्यशाला

    धरान । धरानको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि एक दिवसीय चित्रकला कार्यशाला गरिएको छ । प्रदेश १ का विभिन्न स्थानबाट आएका १५ व्यावसायिक चित्रकारले धरानको बहुआयामिक पर्यटनका क्षेत्रलाई कुचीमा प्रत्यक्ष उतारेका छन् ।  परिवर्तनका लागि सामाजिक अभियानका संयोजक निशन नेपाललले धार्मिक, प्राकृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताए । चित्रकारहरुले धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनका क्षेत्रलाई चित्रमा उतारेका छन् । स्थानीय भेषभुषा र सास्कृतिक पक्षलाई समेत चित्रकलामा उतारेका छन् । परिवर्तनका लागि सामाजिक अभियान नामक सस्थाको आयोजनामा चित्रकला कार्

    • प्रकाशित मितिः असार ७, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युके निवासी ईसाद्वारा धरान उपमहानगरपालिकालाई डस्विन प्रदान

    धरान । युके निवासी ईसा गुरुङले धरानलाई डस्बिन सहयोग गरेकी छिन् । धरानको फोहोरमैला ब्यबस्थापन र धरानलाई सफा, स्वच्छ धरान बनाउने उदेश्यले युके निवासी धरानकी चेलि समाजसेवी ईशा गुरुङले डस्बिन सहयोग गरेकी हुन् । उनले ३० थान फोहोर राख्ने डस्विन धरान उपमहानगरपालिकालाई दिएकी हुन् । ईसाले यस भन्दा अगाडि पनि विभिन्न संघ संस्था, बृद्धआश्रममा सहयोग गर्दै आइरहेकी छिन् । यस पटक भने धरानको विकास र धरानलाई सुन्दर र सफा बनाउने अटोट लिएका धरान उपमाहानगरपालिका नगर प्रमुख हर्कराज राईलेको अभियानलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले डस्विन सहयोग गरेको बताइन् ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,251 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनको सेफ प्रतियोगिता सम्पन्न

    धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् । धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो । यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् । पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.ए

    • प्रकाशित मितिः असार ७, २०७९
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुल्ला पुरुषतर्फ भोजपुर र महिलातर्फ झापा विजयी

    धरान । सांतौ बांझगरा खुल्ला पुरुष तथा महिला भलिबलमा भोजपुर र दमकले जितको छ । बांझगरा युवा क्लबले आइतार बागरकोटको खेल मैदानमा आयोजना गरेको प्रतियोगतामा पुरुषतर्फ भोजपुर षडानन्द गाउँपालिका र महिलातर्फ झापाको दमक नगरपालिकाले जित हात पारेको हो । महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो । असार २, ३ र ४ गते तीनदिनसम्म चलेको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,028 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्का जाम

    धरान । विराटनगरमा नेपाल आयल निगमले पद्धिल्लो पटक वृद्धि गरेको पेट्रोलियम पदार्थको बृद्धिको विरोध गर्दै आन्दोलन चर्काएका छन् । नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन् । मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका थिए । विरोधको नाममा बाटो अवरोध गरेर चक्का जाम गरेको भन्दै आन्दोलनरत ६ जना चालकसहित सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृ

    • प्रकाशित मितिः असार ७, २०७९
    • 586 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदाबहार समस्याः धरानको खानेपानी

    धरान/ धरान– १५ बाझगराकी गृहिणी मञ्जु बस्नेतलाई विहान उठ्ने वित्तिकै एउटा नियमित चिन्ताले सताउने गरेको छ । चिन्ताको कारण अरु केही नभएर खानेपानीकै हो । कहिलेकाही विहान खाना पकाएपछि खुवाएर नानीहरुलाइ स्कुल पठाउने बेलामा धारामा तुरुक्क पानी चुहिन्छ, त्यसबेला खानेपानी थाप्न जाउं कि बच्चाहरुलाई स्कूल पठाउन जाउं दोधारमा पर्ने गरेकी छिन् । नानीहरुलाई स्कुल पठाउन जाउ धारामा पानी थाप्न ढिलो, नजाउं नानीहरुको स्कुल पु¥याउन ढिलो । मुख्य समस्या त धारामा पानी झर्नै छाडेपछि पानी थाप्न नै पाइदैन । यो उनको प्राय दैनिक नियती हो । बस्नेत भन्छिन्, ‘मानिसको जीवनसंग जोडिएको खानेपानीको पछि दौडदा दौडद

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,221 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved