धरान । धरानको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि एक दिवसीय चित्रकला कार्यशाला गरिएको छ ।
प्रदेश १ का विभिन्न स्थानबाट आएका १५ व्यावसायिक चित्रकारले धरानको बहुआयामिक पर्यटनका क्षेत्रलाई कुचीमा प्रत्यक्ष उतारेका छन् ।
परिवर्तनका लागि सामाजिक अभियानका संयोजक निशन नेपाललले धार्मिक, प्राकृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताए ।
चित्रकारहरुले धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनका क्षेत्रलाई चित्रमा उतारेका छन् । स्थानीय भेषभुषा र सास्कृतिक पक्षलाई समेत चित्रकलामा उतारेका छन् ।
परिवर्तनका लागि सामाजिक अभियान नामक सस्थाको आयोजनामा चित्रकला कार्यशाला आयोजना गरिएको हो । पर्यटन प्रवर्धन, कला क्षेत्रको विकास र चित्रकारहरुको साक्षात्कारका लागि कार्यशाला फलदायी हुने विश्वास गरिएको छ ।