धरान । विराटनगरमा नेपाल आयल निगमले पद्धिल्लो पटक वृद्धि गरेको पेट्रोलियम पदार्थको बृद्धिको विरोध गर्दै आन्दोलन चर्काएका छन् ।
नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन् ।
मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका थिए ।
विरोधको नाममा बाटो अवरोध गरेर चक्का जाम गरेको भन्दै आन्दोलनरत ६ जना चालकसहित सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।