भलुवा गोल्डकपको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनलाई

  • असार ८, २०७९
  • "चन्दन रौनियार"
alt

धरान । आठौँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि उचालेको छ ।

सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको अन्तिम खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाइ १–० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि उचालेको हो । खेलको पहिलो पूर्वाद्र्धमा दुबै टिमबाट गोल हुन सकेन । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा उचरार्धको ७४ औं मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गराए ।

जितसँगै क्यारुनले नगद ३ लाख र उपविजेतामा चित्त बुझाएको रारा फुटबल क्लब राजारानीलाई १ लाख ५० नगद सहित ट्रफी र प्रमाणपत्र हात पारे प्रतियोगिताको विजेता तथा उपविजेतालाई दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदार उपमेयर मेनुका पोखरेल खतिवडाले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब राजारानी धनकुटाका बिकास खवास घोषित हुदै नगद७ हजार भए । उत्कृष्ट गोल रक्षक क्यामरुनका कावोसि, बेस्ट डिफेन्सबाट रारा फुटबल क्लब राजारानीका खेलाडी दिनेश राजवंशी, बेस्ट मिडफिल्डबाट क्यामरुनका खेलाडी स्टिफन, बेस्ट फरवार्डबाट क्यामरुनका खेलाडी सेम सेम घोषित भने हाइ स्कोरर एवाइसी गढीका खेलाडी म्याक्सवेल घोषित भए । उनीहरु सबैलाई जनही ६ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी क्यामरुनका बिले घोषित हुदै नग उनले नगद १० हजार सहित ट्रफी पाए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved