समाचार

    Showing 6,011-6,020 of 8,617 items.
  • अनुदानको भर नपरी विकास खर्च कटाएर भएपनि खोप खरिद गरौं : डा. शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसंग जुध्ने उपाय खोपमात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कोइरालाले पदाधिकारी र कार्यसमितिमा पद थपथाप गरेर अघि बढ्ने सोच बनाए कांग्रेसमा ठूलो निरासा छाउने पनि बताए । अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भएपनि खोप खरिद गर्नुपर्ने बताएका छन् । साझा सवालका लागि साझा मंच विराटनगरले शनिबार वर्तमान परिवेशमा नेपाली कांग्रेसको भूमिका विषयमा झुम अन्तरसंवादमा बोल्दै कोइरालाले भने,“सरकार अनुदानमा पाए

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहयोगी वडाध्यक्ष : जो वडावासीको घरघरमा पुग्छन्

    वराहक्षेत्र । उद्बवप्रसाद पोख्रेल वराहक्षेत्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष हुन् । तर झट हेर्दा नौलो मान्छेलाई उनी वडाध्यक्ष जस्तो नलाग्न पनि सक्छ । साधरण पहिरण , सरल चरित्र र प्रष्ट बिचार राख्ने उनि वडामा रहेको साधारण चिया पसल , चौकसंगै टोलमा सजिलै भेटिन्छन् । वडाध्यक्ष भएदेखि कुनै विवाद तथा झमेलामा नफसेका उनी वडावासीले चाहेको समय घर समेत पुग्छन् । प्रशाशनिक कार्य भन्दा पनि वडावासीको सेबा गर्न रुचाउँछन् उनको आलोचना गर्ने मान्छे नभएका भन्ने हैनन । तर पनि उनी त्यो आलोचनालाई सुझापको रुपमा लिदै वडावासीको सेवामा लागिनै परिरहेका छन् । गएको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट न

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असारको दोस्रो साताबाट ब्यवसाय सुचारू गराउने तयारीमा सुनसरी प्रसाशन

    इटहरी । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रसाशनले असारको दोश्रो साताबाट ब्यवसायहरू खुलाउने तयारीमा जुटेको छ । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले कोभिड १९ को महामारी र संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार सिमित समय तोकेर सुनसरीमा ब्यवसाय सुचारू गराउने तयारी भइरहेको जनाएको छ । केहि दिन यता खुकुलो बनाइएको लकडाउन असारको पहिलो सातासम्म यहि परिधिमा रहेर हेर बिचार गरिने र दोश्रो साताबाट पुनःपरिमार्जन गरि ब्यवसायीहर

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 2,117 पटक पढिएको
    • "तेजबहादुर बन"
  • लकडाउन खुकुलो भए सँगै बजारमा बढ्यो चहलपहल

    धरान । गत एक महिना देखि लकडाउन घोषणा गरिएको सुनसरीमा शुक्रबार देखि बजारमा चहलपहल शुरु भएको छ । शुक्रबार देखि लकडाउन खुकुलो बनाए पछि बजारमा चहलपहल शुरु भएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिए पछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको थियो । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजे देखि ३ बजे सम्म पसल खुल्ला गरिदिएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुल्ला नै गरेका छन् । एक महिनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही र

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् । भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका हुन् । शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटी काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर इटहरीका दम्पतिको मृत्यु

    सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । मृतक दम्पतिको पोष्टमार्टम

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,150 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “ पंचायतले चारकोसे झाडी सकेजस्तै ओली सरकार देशको माटो सक्न खोज्दैछ”

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासंग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको उठाइने छैन भनेपनि २०३६ सालदेखि बसेको मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन । “के त्यो नियमसंगत भयो त ? कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भन

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध हतियार र हरिणको मासु सहित दुई जना पक्राउ

    सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदको टिप्पणी : नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ मात्र

    विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भन्दै टिप्पणी गरेका छन । प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विहीबार नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सरकारको आयू टिकाउने दाउपेचमा मात्र आएको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले प्रदेश सरकार नारा बनाउन मात्र सक्रिय भएको भन्दै टिप्पणी गरिन । भनिन्,“अघिल्लो नीति तथा कार्यक्रम सफल नहुनेले यो पुष्टि भएको छ । सस्तो लोकप्रियताको लागि मात्र सरकारले नीति तथा क

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भरत मोहन फाउन्डेसनद्वारा बेलबारीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

    बेलबारी / पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो । फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै न

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved