बास्केटबल ट्यालेण्ट हण्टलाई सियोन स्कुल द्वारा टि–सर्ट सहयोग प्रदान

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान l धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा भइरहेको ट्यालेण्ट हण्टका सहभागी बिद्यार्थी खेलाडिहरुका लागि सियोन स्कुलले टि–सर्ट सहयोग प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सियोन स्कुलका अध्यक्ष खड्क बहादुर मगरले प्रशिक्षण क्यामपका मुख्य प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक हेमन्त राई , युगल लिम्ब, डा।आशा राई र दिवस राइलाइ सयुक्त रुपमा ट(सर्ट प्रदान गरेका थिए ।20220622_092110 20220621_101917

धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ देखि एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरि बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइरहेको छ । बास्केटबल खेल विकास तथा खेलाडि उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले संघले विगत देखि नै ट्यालेण्ट हण्टको आयोजना गर्दै आएको छ । ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान खेलाडिहरुलाइ बास्केटबल संघले धरानको विभिन्न कलेजहरुमा सिफारिस गरि छात्रावृतीमा अध्यन गर्दै आइरहेको छ । हालसम्म संघले ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेवलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरु छात्रावृतीमा अध्ययन गरिरहेका छन् ।

सातौ ट्यालेन्ट हन्टका प्रतिभावान विद्यार्थीहारुलाइ पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नार्यान सुबेदिले जानकारी गराए ।

बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउदै यसलाइ थप स्थापित र व्यवसायिक बनाउन धरान मेघा क्लेजले पनि बास्केटबल संघ संग सहकार्य गरि अघि बढेको कलेजका अध्यक्ष कैलाश आङ्देम्बेले बताए । उनले भने, यो कार्यक्रम धरान उपमहानगरको सान बन्न पुगेको बताउँदै यसलाई जोगाउनकै लागी भए पनि मेघा कलेजले निरन्तर सहयोग रहिरहने बताए ।

यसैगरि सियोन स्कुलका अध्यक्ष खड्ग मगरले धरानलाई खेलकुदको शहर बनाउन यो कार्यक्रमले ठुलो सहयोग पुर्याउने बताउँदै सियोन स्कुल यसको लागी विना सर्त सहयोग गर्ने बताए । उनले भने धरान यसै पनि खेलकुदको शहर हो यसलाई विकास गर्न सियोन स्कुलले गर्नुपर्ने भुमिका निर्वाह गर्नेछ । यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले भने यो कार्यक्रमले विद्यार्थीहरुलाई अनुशासित बनाएको छ ।20220622_095713 20220622_100050

नेपाल बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा आयोजित टि–सर्ट हस्तान्तरण कार्यक्रममा सियोन स्कुलका अध्यक्ष खड्ग मगर प्रमुख अतिथि र अतिथिको रुपमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई समेतको उपस्थिति रहेको थियो । ट्रेनिङ क्याम्पमा ६ कक्षा देखि ब्याचलर लेबलका महिला पुरुष ५० जना खेलाडी बिद्यार्थीहरुले सहभागिता जनएका छन् ।

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved