विराटनगरमा दुई दिने शैक्षिक मेला हुदै

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित बिग होटलमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुई दिने वृहत शैक्षिक मेला हुने भएको छ ।

अफेयर्स नेपाल प्रालिको आयोजनामा असार १० र ११ गते विराटनगरमा वृहत् शैक्षिक मेला हुन लागेको हो ।

दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलिया बताए ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइने उनले बताए । ‘शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी र पढाइको विषयमा जानकारी लिनसक्नेछन,’ उनले भने, ‘स्थानिय स्थरमै भारतका प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेला आयोजना गर्न लागेका हौं ।’

यस्तो शैक्षिक मेला अफेयर्स नेपाल काठमाण्डौंसहित देशका प्रमुख सहरहरू गर्दैछ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved