धरानको कार्यपालिका बैठक अवरुद्ध "मेयर कोष र उपमेयर कोषमा कार्यपालिका सदस्यबीच मतभेद"

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिकाको वैठकमा विनियोजन बजेटमाथि कार्यपालिकाका सदस्यसहित वडाध्यक्षबीच मतान्तर भएपछि विहीबार भएको वैठक केही बेर अवरुद्ध भएको थियो ।

विनियोजित बेजेटमा मेयर र उपमेयर कोष बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोप वडाध्यक्ष तथा कार्यपालिकाले लगाएपछि असन्तुष्ट बन्दै केही बेर वैठक अवरुद्ध पारेका थिए ।

बजेट विनियोजनको छलफल अवरुद्ध भए पछि विहीबार बस्ने नगरसभा समेत प्रभावित भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बिनियोजन विधेयक प्रस्ताब गरेका थिए । बिधेयकमा मेयर कोषको लागि १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख रुपैयाको कोष बनाउने प्रस्ताब आएपछि विवाद शुरु भएको थियो । प्रस्ताब माथिको छलफलमा मेयरको कोष १ करोडमा झार्दै उपमेयर कोष हटाउनु पर्ने कार्यपालिका सदस्यहरुले सुझाब राखेका थिए । छलफलमा वडा नम्बर १९ का अध्यक्ष पुर्ण लिम्बुले मेयर कोषमा १ करोड रुपैया राखेर उपमेयर कोष हटाइनु पर्ने सुझाब दिएका थिए ।

घाटाको बजेट बनाउदै मेयर र उपमेयर कोषमा ठूलो रकम बिनियोजन हुँदा नितिगत भ्रष्टाचार बढ्ने एक कार्यपालिका सदस्यहरुको भनाई थियो ।

उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्टराई मनोजले वैठक अवरुद्ध नभएको बताए । उनले भने–‘वैठक अवरुद्ध भएको हैन, विनियोजित बजेटमाट साथीहरुलाई छलफल गर्ने समय छुट्याएको हो ।’

उनले विनियोजित बजेटमाथि केही कार्यपालिका तथा वडाध्यक्षहरुलाई चित्त नबुझेका कारण छलफललका लागि छुट्याएको बताए । उनले भने–‘सबै एजेन्डामा सहमति नजिक पुगेको तर विनियोजित बजेटको एउटा एजेन्डामा विमति हुँदा छलफल गरेको हो, अवरुद्ध भन्न मिल्दैन ।’

तर कतिपय कार्यपालिकाका सदस्यहलाई समितिको बजेट कटौतिका विषयमा समेत चित्त नबुझेको पाइएको थियो । सामाजिक विकास समितिका संयोजन सिर्जना नेपालले छलफलमा सामाजिक विकास कोषमा एक करोड रुपैया विनियोजन गरे पनि बजेट ७५ लाखमा झारेकोप्रति आपत्ति जनाइन् । उनले भनिन्–‘रातारात बजेट कटौति गरिएको छ, मेयर कोष र उपमेयर कोषभन्दा यस्ता कार्यक्रममा बजेट बढी हुनुपर्छ ।’ नगरले १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved