सिटिइभिटीले बढी शुल्क लिएको भन्दै विरोध

  • असार ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराट हेल्थ कलेजले सिटिइभिटीले तोकेको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीका अभिभावक, विभिन्न विद्यार्थी संघ संगठनले त्यसको विरोध जनाएको छ ।

कलेजले मनपरी ढंगबाट अतिरिक्त शुल्क लिने गरेको पाइएपछि बुभार अनेरास्ववियु मोरङ, विद्यार्थी र अभिभावक सहित गएर विराट हेल्थ कलेजलाई ध्यानाकर्षण गराएको थियो ।ध्यानकर्षणपश्चात छलफल कलेजसँग छलफल गरिएको थियो । छलपलमा अनेरास्ववियुका अध्यक्ष तुलसी घिमिरे, अभिभावकका तर्फबाट कमल रेग्मी र कलेजकातर्फबाट लेखा प्रमुख रामेश्वर कामत सहभागि भएका थिए । छलफलका क्रममा कलेजले चारित्रिक प्रमाणपत्र बनाएवापत ७ हजार ५ सय मागेको पाइएको थियो । सिटिइभीले निर्देशन गरे अनुसार कोरोनाको समयमा शुल्कमा १५ प्रतिशत छुट दिइने भनिए पनि कलेजले नदिएपछि यस ा विषयमा विवाद भएको थियो । छलफलमा सहभागी अनेरास्ववियुका अध्यक्ष घिमिरेले भने–‘ कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको भएपनि १ हजार ५ सय कटाएर थप ६ हजार चारित्रिक प्रमाणपत्रको नाममो नाममा लिएको पाइएको छ ।’

उनले क्याम्पस प्रमुख कलेजभन्दा बाहिर जानुभएकोले प्रतिनिधिसँग बसेर तीन बुँदे सम्झौताभएको जानकारी दिए उनका अनुसार सहमतिमा विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र बिना शुल्क उपलब्ध गराउने, कोरोनाको समय अवधिमा भएको अनलाईन क्लास बापतको १५ प्रतिशत छुट क्याम्पस प्रमुखसँग छलफल गरेर उपलब्ध गराउने र हालसम्म विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ ।

उनले भने–‘सहमति पश्चात क्याम्पसले विद्याथीको अतिरिक्त रकम फिर्ता गरेको थियो भने बुधबारै १५ जना विद्यार्थीले निःशुल्क चारित्रिक प्रमाणपत्र निकालेका छन् ।’

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved