मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा हुन लागेको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्ला
धरान / ‘फजुल खर्च नगरौँ, मितव्यी बनौ, सामुहिक कार्यमा सहभागी बनौ’ भन्ने उद्देश्यका साथ विजयपुर अत्यात्मिक मञ्चले सामुहिक ब्रतबन्ध, गुन्युचोली, बेलविबाह, छेवर लगायतका संस्कारहरु सामुहिक रुपमा गर्ने भएको छ । विगतमा पनि सामुहिक रुपमा आयोजन गदै आएको मञ्चले यस बर्ष माघ २७ गते शुक्रबारको शुभमुर्हत पारेर गर्न लागेको हो । मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीका अनुसार नियमित गर्दै आएको यो संस्कार यस बर्ष पनि गर्न लागिएको हो । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आयोजना हुन लागेको सामुहिक कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न समिति बनाइएको मञ्चका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिए
धरान / धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ । कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो । तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई बैठक सञ्चालन, रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो। त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने व
धरान / निरन्तर दुई वर्ष स्थगित पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको प्रवर्द्धन सुरु भएको छ । कोरोना महामारी र आर्थिक कारणले स्थगित प्रतियोगिता आगामी फागुन १३ देखि सुरु हुँदैछ । बुढासुब्बा गोल्डकपले प्रतियोगिता सुरु गर्ने घोषणा गरेपछि प्रवर्धनात्मक कार्यक्रम गर्दै आएको छ । सोमबार धरान उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आयोजक धरान फुटबल क्लबले बधाई तथा शुभकामना कार्यक्रम राखेको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुखसँगै बीसै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान गरेको छ । फागुन १३ देखि २० गतेसम्म आयोजना हुने २३ औ टुबोर्ग गोल्डकप धरानवासीको हुने र समग्र
इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘
मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरेका छन् । सो अवसरमा बोल्दै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको
धरान /पत्रपत्रिका वर्गीकरणमा राजनीति हुने गरेको सुनसरीका सञ्चारकर्मीहरुले प्रेस काउन्सिल नेपाललाई गुनासो पोखेका थिए । काउन्सिले यो र त्यो वहाना बनाएर वर्गीकरणमा अनावश्यक दुःख दिने गरेको उल्लेख गरेका थिए ।मंगलबार धरानमा प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममका सहभागी सञ्चारकर्मीहरुले यस्तो बताएका थिए । उनीहरुले निष्पक्ष ढंगले काउन्सिले पत्रपत्रिकाको वर्गीकरणका लागि चाहिने आवश्यक कागजात उपलब्ध गराउँदा समेत वर्गीकरणमा नपार्ने, हुबहुँ लगायतका कुरा देखाएर अनावश्यक दुःख दिने गरेको लगायतका समस्या भोगेका सुनाएका थिए । सञ्चारकर्मीको
धरान / धरानको एक सामुदायिक विद्यालय भौतिक सुविधासम्पन्न भएपनि विद्यालयको जग्गा संरक्षण हुन नसक्दा दाताकै भरमा चलाउनुपर्ने अवस्था छ ।४९ वर्ष अगाडि धरान १६ मा स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) को जग्गा अथाहा छ तर संरक्षण गर्न नसक्दा जग्गा अधिग्रहण भएको छ । विद्यालयको सम्पत्ति धेरै भएपनि यो विद्यालय दाताको भरमा चलेको छ ।सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै योजनाहरु ल्यायो । विद्यालयको शैक्षिक स्तर उकास्न शिशुदेखि नै अंग्रेजी माध्यमबाट पठाई शुरु ग¥यो तर पनि यस्ता विद्यालको शैक्षिक गुणस्तर सुध्रिएको छैन । जसले गर्दा महंगो शुल्कमा अभिभावकहरुले आ
दुहवी / दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने विषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । सोमबार उच्च अदालत विराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ । ३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० वर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर बसोवास गर्दै ४ पुस्ता बिताएको र ७० वर्ष देखि प्रत्येक निर्वाचनमा मत हाल्दै आएको त्यस क्षेत्रका स्थानीयहरुको दाबी छ । नगरपालिकाले ३५ दिनको सार्वजनिक सूचना सार्वजनिक गरी ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय
विजयपुर / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो । फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रा