समाचार

    Showing 5,181-5,190 of 8,592 items.
  • बस दुर्घटना हुँदा १ जना मृत्यु, ४ जना घाईते

    धरान । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना।४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भएर सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाहको झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो । गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि।एण्ड।सि। अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरको श्रृष्टी जंगलमा मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी, हत्यामा संल्गन १ जना पक्राउ

    धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुनसरीमा ६७ विद्यालय छानिए

    धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 888 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • ‘गाउँमा अझै स्वास्थ्यको पहुँच छैन्’

    धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् । केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोकिएन खोला उत्खनन् : बस्ती नै जोखिममा

    धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ । मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    धरान । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पुर्व–पश्चिम राजमार्गमा एम्वुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका ५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन् ।   आइतबार बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।   ठक्कर दिने एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   &

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान फुलबारीको शहर : ‘न फुल फुल्यो, न हाँगा नै रह्यो’

      धरान । डेढ बर्ष अघि पुर्ण जागरण टोल विकास समिति धरान ९ को आयोजनामा गौतम पथमा सडक सौन्दर्यकरण गर्न सडकको दुवै गमलामा फुल रोपियो । सौन्दर्यकरणका लागि सडकको दुवै तर्फ अन्डर ग्राउन्ड तार सहित बत्ती जडान गरि गमला राखि वडालाई सुन्दर तथा पर्यटनको विकासका लागि आयोजना रहेको थियो । गौतम पथलाई सौन्दर्यकरण गर्न शुरु भएको योजना डेढ वर्ष पनि बित्न नपाउँदै लथालिङ्ग बनेको छ । अहिले गमलामा न फुल छ, न त हाँगा नै देखिन्छ । पुतलि लाइन देखि कलेज रोड सम्मको बाटोमा वडाले सौन्दर्यकरण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडा कार्यालय र टोल विकास समितिले नै स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी दिएको थिय

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 845 पटक पढिएको
    • "सन्देश तिमल्सिना"
  • आर्या न्यूरोमा निःशुल्क ओपीडि

    धरान  । विराटनगर स्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चिकित्सकहरुले दिने ओपिडि सेवा निशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाडजोर्नीको उपचारमा न्यूरो अस्पताल

    धरान । विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समयमा फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपण सम्मको उपचार हुने गरेको छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पञ्चकन्या क्षेत्र बनभोज स्थल बन्दै

    धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको पञ्चकन्या वनभोज स्थल बन्दै गएको छ । अहिले यो क्षेत्रमा प्रदेश नं. १ का विभिन्न क्षेत्रमा वनभोज खान आउन थालेका छन् । वनभोज खानेहरुले पञ्चकन्या रमणीय स्थल भएको विषयमा प्रचार गरेसंगै पछिल्लो समय पञ्चकन्या वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको हो । झापाको दमकबाट पञ्जकन्या जंगलमा वनभोज खान आएका सुमन गुरुङले पञ्चकन्यामा पहिलोपटक वनभोज खान आएका बताए । गाउका केही साथीहरु मिलेर शनिवार पञ्चकन्यामा वनभोज खान व्यस्त रहेका उनले भने–‘धरानको विजयपुर साच्चिकै रमणीय स्थल रहेछ । विगतमा विजयपुरका अन्य मन्दिरमा आएपनि पञ्चकन्यामा भने आउन नपाएको बत

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 1,300 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved