समाचार

    Showing 41-50 of 10,268 items.
  • धरान–६ को सरस्वती माविमा ८ महिनादेखि शिक्षक छैनन्, एसईई तयारीमा रहेका विद्यार्थी मारमा

    धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ। आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्। शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए। विद्यालयका प्रधानाध्यापक होम

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार प्रतिवादी पक्राउ

    धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो। उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार रहेका दाहाललाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे इटहरी उपमहानगरपालिका–१ स्थित आ

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 136 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावकलाई शिक्षा दिँदै डिपोट सेकेन्डरी स्कुल

    सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकाको प्रारम्भिक विकास, उचित हेरचाह, सुरक्षा, संरक्षण तथा सिकाइमा अभिभावकको भूमिकाबारे जानकारी दिइएको थियो। कार्यक्रममा सेतो गुराँस सुनसरीकी सचिव भीमा राईले सहजकर्ताका रूपमा प्रारम्भिक बालविकासको अवधारणा, यसको महत्व तथा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासका पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको प्रारम्भिक सिकाइलाई प्रभावकारी बनाउन घर तथा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 91 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गरिमा चौधरी हत्या प्रकरणमा अर्का बालक पक्राउ

    बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरण

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 234 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

     कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 212 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलुङलाई जनजातिको सूचीमा राख्न सरकारसमक्ष दबाब, मन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

    धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिले कुलुङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्नुपर्ने लगायतका माग राख्दै कोशी प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ। संघका केन्द्रीय अध्यक्ष दौलथ कुलुङको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश सरकारका नवगठित मन्त्रीहरूसँग भेट गर्दै कुलुङ समुदायको पहिचान, अधिकार र संस्थागत विकाससँग सम्बन्धित माग अघि सारेको हो। संघले कुलुङ समुदायलाई नेपालका आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ १६९ लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तथा संघको संस्थागत विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११ किलोभन्दा बढी गाँजा बोकेर हिँडिरहेका चरन राई प्रहरी फन्दामा

    सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्। कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा  ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ। पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघाका विद्यार्थी पाँचतारे मेची क्राउनमा: सिके होटल व्यवस्थापनको व्यावहारिक पाठ

    धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशकै ठूलो पाँच तारे होटल ‘होटल मेची क्राउन’को अवलोकन भ्रमण गराएको छ। शनिबार आयोजित भ्रमणसँगै होटलको आतिथ्य सेवा, व्यवस्थापन, खानपान, शिष्टाचार तथा व्यावसायिक कार्यशैलीबारे अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको हो।   होटल मेची क्राउनमा आयोजित अभिमुखीकरण कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक घिमिरेले विद्यार्थीलाई अहिले देखि नै आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गरी त्यसतर्फ दृढतापूर्वक अघि बढ्न आग्रह गरे। पाँच तारे होटलको प्रत्यक्ष भ्रमण ग

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 140 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाबु नै बने छोरीको अस्मितामाथि हमला गर्ने अपराधी

    चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् । श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा कार्यालयको सामान चोरेर भारतमा बेच्न खोज्दा अर्जुन पक्राउ

    झापा/  झापा गाउँपालिका–५ को वडा कार्यालयमा राति झ्यालको सिसा फुटाएर प्रवेश गरी करिब दुई लाख ५५ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ ५ गते राति  वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मनिटर, स्क्यानर, पेनड्राइभ तथा डिजिटल फिङ्गरप्रिन्ट रिडर चोरी भएको थियो। घटनाको जानकारी भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि प्रहरी निरीक्षकको कमाण्ड तथा प्रहरी चौकी शरणामतीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको आशंकामा झापा गाउँपालिका&n

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 166 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved