फरार प्रतिवादी पक्राउ

  • भदौ ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो।

उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

फरार रहेका दाहाललाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे इटहरी उपमहानगरपालिका–१ स्थित आँपगाछीबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दाहाललाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई झापा जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

गरिमा चौधरी हत्या प् ...

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ...

१५ किलो लागुऔषध बराम ...

 कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा ...

कुलुङलाई जनजातिको सू ...

धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved