बाबु नै बने छोरीको अस्मितामाथि हमला गर्ने अपराधी

  • भदौ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् ।

श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख गरेका जनाइएको छ ।

प्रहरीका अनुसार बाबू छोरी मात्रै घरमा बस्थे । गत साउन २८ गते रक्सी सेवन गरेका उनले धम्की दिएर छोरीमाथि जबरजस्ती करणी गरेको किशोरीले निवेदनमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

भदौ ४ गते प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो । अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

धरान मेघाका विद्यार् ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्ष ...

वडा कार्यालयको सामान ...

झापा/  झापा गाउँपालिका–५ को वडा कार्याल ...

घरअगाडिबाट हराएकी २३ ...

बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ ...

प्रहरीबाट लुटिएको सट ...

झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved