समाचार

    Showing 441-450 of 10,001 items.
  • सुनसरी आदिवासी जनजाति महासंघको अध्यक्षमा सुरेन्द्रमान सर्वसम्मत

    धरान/ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सुनसरीको छैठौं जिल्ला अधिवेशनले सुरेन्द्रमान स्थापितलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।   शनिबार धरान–१४ स्थित आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको सभाहलमा सम्पन्न बन्दसत्रले स्थापितको नेतृत्वमा नयाँ जिल्ला समन्वय परिषद् गठन गरेको हो।   अध्यक्ष राम मान्दुपा राईका अनुसार शुक्रबार साँझदेखि सुरु भएको बन्दसत्रले उपाध्यक्षमा भरतमान थामी, टन्क तामाङ, जयनारायण सिंह दनुवार र शारदा माझीलाई चयन गरेको छ।   सचिवमा रामकुमार चौधरी चयन भएका छन् भने सह–सचिवमा शिवानन्द कुमार मण्डल, युद्धबहादुर धिमाल, नारायण कुमार उरा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपा–बालेनबीच बृहत् एकताको सहमति

    सुनसरी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ सम्बन्धी महत्वपूर्ण सहमति भएको छ । आइतबार सम्पन्न सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै कायम रहने छन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ । रास्वपा र बालेन शाहबीच सहकार्य र एकताका विषयमा लामो समयदेखि संवाद चल्दै आएको थियो । विशेषगरी गत सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल हुँदै आएको थियो । औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिको

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 267 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ धनकुटे रोडस्थित एक घरबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति २ः५० बजे खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो। अभियान राईको घरमा लागूऔषध लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा सोही घरमा डेरा गरी बस्दै आएका पाँचथरको हिलीहाङ गाउँपालिका–७ का ३२ वर्षीय विशाल योक्पाङदेनको साथबाट प्लास्टिकमा पोका पारेर राखिएको ब्राउन सुगर   ५.८१ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही कोठामा बस्ने धरान

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पोमा जेन–जी आन्दोलनपछि व्यापार र कर संरचनामाथि बहस

    विराटनगर/ विराट ट्रेड एक्स्पो–२०८२ अन्तर्गत शनिबार आयोजित थिमेटिक सेसनमा पछिल्लो कर संरचना, जेन–जी आन्दोलनपछिको अवस्था र समसामयिक आर्थिक परिवेशमा उद्योग–व्यवसायको भविष्य विषयमा गहन बहस गरिएको छ। ‘जेन–जी आन्दोलनपछि व्यापार–व्यवसायः के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह, उद्योगी–व्यवसायी तथा योजनाविद्हरूले आफ्ना धारणा राखेका थिए। छलफलमा आन्दोलनले दिएको सन्देश, त्यसको उद्योग–व्यवसायमा परेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत दिशामाथि केन्द्रित भएर बहस भयो। नेपाल उद्योग वाणिज्य महासं

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराको औलिया बाबा साकोसको १६औँ साधारणसभा सम्पन्न

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चतराले आफ्नो १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। २०६६ सालमा वराहक्षेत्र–२ चतरा वयरवनमा स्थापना भएको सहकारीले शनिबार सेयर सदस्य, बचतकर्ता तथा सरोकारवालाको उल्लेख्य उपस्थितिमा साधारणसभा आयोजना गरेको हो। सभामा संस्थाका अध्यक्ष रमेशकुमार बिष्टले सहकारीको वार्षिक प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा समितिको सुझावसहितको आर्थिक प्रतिवेदन भने संस्थाकी व्यवस्थापक रुक्मिणा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्। चालु आर्थिक वर्षमा सहकारीले १ करोड ७६ लाख ४४ हजार ४ स

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोलेरो गाडीमा ७६३ केजी गाँजा बरामद, दुई जना पक्राउ

    सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।   गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।.   बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्।   प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।   उदयपुर

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

    विराटनगर/नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ। यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो। सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस इङलिस स्कुलको बार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    धरान/  धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार स्कुलको प्राङ्गणमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।   स्कुलका निर्देशक गङ्गाराम राईको अध्यक्षता तथा संविधान सभाका सदस्य किरण कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–१५ का वडाध्यक्ष, शिक्षाविद्, समाजसेवी, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।   कार्यक्रममा गत शैक्षिक सत्रको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा–९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरि

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सीजी मोटर्सको ईभी चारपांग्रे शोरुम र चार्जिङ स्टेशन सुरु

    धरान/ सुनसरीकाे धरान–८ साम्पाङ चोकमा सीजी मोटर्सको आधिकारिक विक्रेता कार्यविनायक ट्रेडिङले ईभी चारपांग्रे शोरुम र चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।  नेपालमा लोडसेडिङ हटेपछि विद्युतीय सवारी साधनप्रति मानिसको चासो बढ्दै गएको छ। नयाँ शोरुममा यात्रु र कमर्सियल दुवै प्रयोजनका विद्युतीय गाडीहरू उपलब्ध छन्। ग्राहकले यहाँ गाडी हेर्नु, आवश्यक जानकारी लिनु, परामर्श पाउनुका साथै चार्जिङ सेवा पनि लिन सक्नेछन्। शोरुम उद्घाटन सीजी ग्रुपका असिस्टेन्ट म्यानेजर विजय थापा, डेपुटी म्यानेजर शिशिर सुवेदी, सिनियर म्यानेजर प्रतिमा अधिकारी तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलकुद महोत्सवमा खेलाडीले प्राप्त गरेका उपलब्धीहरु प्रदर्शन

    धरान/ ‘खेलकुदको सहर’ बनाउने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको धरान खेलकुद महोत्सवमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता बनेका खेलाडीहरूको पदक र प्रमाणपत्र प्रदर्शनी विशेष आकर्षणका रूपमा देखिएको छ । गत बिहीबारदेखि सुरु भएको महोत्सवमा राखिएको यस स्टलले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खेलाडीहरूलाई सम्मान गरिएको अनुभूति दर्शकले गरेका छन् । खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित मंसिर २५ देखि पौष १० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा अन्य स्टलहरूको तुलनामा धरानका खेलाडीले विभिन्न खेल विधामा हासिल गरेका राष्ट्रियतथा अन्तर्राष्ट्रिय पदक र प्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved