धरान जोड्ने सडक अलपत्र: मेयर कार्कीको कडा एक्सन

  • चैत २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने बहुप्रतिक्षित कालोपत्रे सडक निर्माण लामो समयदेखि अलपत्र पर्दै आएपछि वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की कडा रूपमा अघि बढेका छन्।

सोमबार मेयर कार्की स्थानीय जनप्रतिनिधि तथा उपभोक्तासहित विराटनगरस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउँदै योजना यथाशीघ्र सम्पन्न गर्न कडा दबाब दिएका हुन्।

संघीय सरकारको बजेटबाट निर्माण भइरहेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयवासी तथा सेवाग्राहीले निरन्तर सास्ती खेप्दै आएका छन्। धुलो, हिलो र अव्यवस्थित सडकका कारण दैनिक आवतजावतमा कठिनाइ बढेको स्थानीयको गुनासो छ।

मेयर कार्कीले यसअघि पनि पटक–पटक सम्बन्धित निकाय, विभागीय प्रमुख तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएका थिए। तर, विभागीय ढिलासुस्ती र निर्माण कम्पनीको कमजोर कार्यशैलीका कारण योजना निर्धारित समयमै पूरा हुन सकेको छैन।

निर्माणमा ढिलाइ हुनुका कारणमा राजनीतिक अवस्था परिवर्तन, निर्वाचन, प्रतिकूल मौसम तथा निर्माण सामग्रीको मूल्यवृद्धिलाई देखाइएको छ।

स्थानीयको समस्या झन् जटिल बन्दै गएको भन्दै मेयर कार्कीले अब आवश्यक परे काठमाडौंस्थित मन्त्रालयमै पुगेर थप दबाब दिने चेतावनी दिएका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved