कोशी किनारमा पर्यटकीय उत्सव : ‘कोशी पर्यटन महोत्सव–२०८२’ भव्य तयारी

  • चैत २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘कोशी पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार महोत्सवले स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा विशेष टेवा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सव २०८२ चैत २५ गतेदेखि २७ गतेसम्म विविध आकर्षक कार्यक्रमसहित सञ्चालन हुनेछ। उद्घाटन दिन अपराह्न ३ बजे आगन्तुक तथा पर्यटक स्वागतसँगै सुरु हुने कार्यक्रम साँझ साकेला र झाँगड नृत्यजस्ता सांस्कृतिक झाँकी प्रदर्शनले थप रौनकपूर्ण बन्नेछ।

दोस्रो दिन पर्यटकलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, चरा तथा हात्ती अवलोकन गराइनेछ भने रामधुनी मन्दिर दर्शन र बोराबाँधमा सूर्यास्त अवलोकन मुख्य आकर्षणका रूपमा रहनेछन्। साँझ लाखे नाच र धान नाचजस्ता परम्परागत प्रस्तुति प्रस्तुत गरिने आयोजकले जनाएको छ।

तेस्रो दिन वराहक्षेत्र मन्दिर दर्शनसँगै र्‍याफ्टिङ, जेट बोट, एटिबी राइडिङ तथा नौका सयरजस्ता साहसिक गतिविधि सञ्चालन गरिनेछ। बोराबाँध र १२ नम्बर नोज क्षेत्रमा बिच स्पोर्ट्स तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति महोत्सवको थप विशेषता रहनेछ।

महोत्सव अवधिभर आगन्तुकहरूलाई स्थानीय जातीय तथा रैथाने परिकारको स्वाद चखाउने व्यवस्था मिलाइनेछ। भारतसहित तेस्रो मुलुकका करिब १५० पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ भने आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ।

पत्रकार सम्मेलनमा महोत्सव संयोजक अङ्गत राई ले कोशी क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताए। कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष–२०८२ का सहसंयोजक भविश श्रेष्ठ प्रमुख अतिथिले यस महोत्सवले प्रदेशकै पर्यटनमा इँटा थप्ने विश्वास व्यक्त गरे ।

उनले कोशी नदी किनारको पर्यटनको सम्भावना उजागर गर्दै प्रवर्द्धन गरिने बतए । त्यस्तै, पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले कोशी किनारको पर्यटकीय सम्भावनालाई विश्व बजारमा पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै वराहक्षेत्र र कोशी किनारलाई एक उत्कृष्ट 'रिभर टुरिजम' हबका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

आयोजकका अनुसार यस महोत्सवले कोशी नदी आसपासका धार्मिक स्थल, जैविक विविधता र सांस्कृतिक सम्पदालाई एकै ठाउँमा समेट्दै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved