एशियन लाइफद्वारा विद्यार्थीलाई सहयोगदेखि अभिभावकविहीन बालिकासम्म संरक्षण

  • चैत २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र मानवीय सेवामा उल्लेखनीय काम गर्दै आएको छ।

कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा धरान–१९ स्थित किराँतेश्वर माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको छ।

कार्यक्रममा १० जना विद्यार्थीलाई स्कुल ड्रेस तथा ६ जनालाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो। प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्गा, शाखा प्रबन्धक सुजन भण्डारी, वरिष्ठ व्यवसाय प्रबन्धक तिलक कालिकोटे लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हो।

सो अवसरमा जीवन बीमाको महत्वबारे जानकारी दिँदै बीमा केवल व्यवसाय नभई समाजसेवाको माध्यम पनि भएको सन्देश दिइएको थियो।

यसैबीच, कम्पनीले तेह्रथुम म्यालुङ–६ निवासी स्वर्गीय केशवबहादुर श्रेष्ठका छोरी सपना श्रेष्ठलाई १६ वर्षसम्म अभिभावकत्व ग्रहण गर्ने महत्वपूर्ण निर्णयसमेत गरेको छ।

अभिभावक गुमाएकी बालिकाको शिक्षा निरन्तरताका लागि मासिक २ हजार २० रुपैयाँ सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ भने वार्षिक बीमा किस्ता समेत कम्पनीले नै व्यहोर्ने जनाएको छ।

स्थानीय कार्यक्रममार्फत बालिकाकी आमा उषा श्रेष्ठलाई औपचारिक रूपमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो। मृतक परिवारले यस्तो संवेदनशील समयमा साथ दिएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरेका छन्।

यसैगरी, कम्पनीले विभिन्न बीमा प्रकरण तथा अनुसन्धानसम्बन्धी कार्यहरूलाई पनि अगाडि बढाउँदै आएको जनाएको छ।

साथै, बीमा क्षेत्रमा देखिएका अनियमितताबारे आवश्यक जानकारी संकलन र व्यवस्थापनतर्फ समेत ध्यान केन्द्रित गरिएको कम्पनीले स्पष्ट पारेको छ।

एशियन लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र मानवीय सेवामा निरन्तर योगदान दिँदै आएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved