ओझेलमा परेको इटहरीको पर्यटकीय स्थल ‘खोर्साने खाप’

  • चैत २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित ‘खोर्साने खाप’ पछिल्लो समय प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको छ ।

कुनै समय सेवा सुविधा विस्तारसँगै चर्चामा आएको र इटहरीको पर्यटकीय स्थल अहिले भने ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

इटहरी बजारबाट खोर्साने खाप पुग्ने खोलामा केहि बर्ष अघि प्रदेश सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माण हुनुका साथै बस्तीमा विद्युत् विस्तार भएपछि केही विकास भए पनि यसको पर्यटन सम्भावना अपेक्षा अनुसार प्रवद्र्धन हुन नसकेको स्थानीयको भनाइ छ ।

यस क्षेत्रमा २०७० सालतिर तीनवटा होमस्टे सञ्चालनमा ल्याइनुका साथै इटहरीको नाट्य संस्था कलालय ले ‘नेचर थिएटर’ समेत सञ्चालन गरेको थियो । इटहरीको ग्रामीन क्षेत्रमा पर्ने खोर्साने खाप यहाँ करिब ६०,६५ घरधुरी रहेको यो बस्ती झण्डै ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हरियाली वन,चराचुरुङ्गीको चिरबिर र ग्रामीण जीवनशैली यहाँका मुख्य आकर्षण हुन् ।

स्थानीय ६६ वर्षीय रत्न कुमारी राई २०५१ सालमा धनकुटाबाट बसाइँ सरी यहाँ आएको बताउछिन् । उनका अनुसार पहिले जंगलका प्राय हरेक रुखको फेदमा खोर्सानीका बोट पाइन्थे । “जंगलभरि खोर्सानी पाइन्थ्यो, किन्नु पर्दैनथ्यो,” उनले भनिन “अहिले पनि पाइन्छ तर पहिले जस्तो प्रशस्त भने पाइदैन ।” खोर्सानीकै प्रचुरताका कारण यस स्थानको नाम ‘खोर्साने खाप’ रहन गएको उनको भनाइ छ ।

पहिले जंगलमा पाइने जिरे खोर्सानी बिक्री गरेर आम्दानी गर्न सकिने सम्भावना भए पनि त्यसबेला खार्सानी टिपेर ल्याएर बिक्री गर्दा पैसा आउछ भन्ने थाहा नै थिएन । अहिले भने पहिले जस्तो प्रसस्त रुपमा पाइदैन तर अहिलेसम्म खोर्सानी किन्न परेको छैन जङ्गलमा खोज्न जादा घरमा खानको लागि पुग्ने जति पाइन्छ । उनी भन्छिन्

पहिला हामीले स्थानीयवासी मिलेर केही वर्ष होमस्टे सञ्चालन गरेका थिर्यौ तर प्रचारप्रसार अभाव र पर्यटकको कमीका कारण बन्द गर्नुपर्यो । अहिले उहाँ घरमै बसेर धागोबाट झोला बुनेर बिक्री गर्दै आएकिछिन । उनले बुनेका झोला झोला रु।८ सयदेखि रु।१२ सय रुपैयासम्ममा बिक्री हुने गरेको छ ।
तीनतिर खोलानालाले घेरिएको अर्धटापु जस्तो भौगोलिक बनावट रहेको खोर्साने खाप पूर्वमा बुढीखोला, पश्चिममा सेरा खोला र दक्षिणमा दुवै खोलाको दोभानले घेरिएको छ भने उत्तरतर्फ सरस्वती सामुदायिक वन क्षेत्र फैलिएको छ । वन क्षेत्र नजिकै ठूलो समूहले एकैपटक पिकनिक गर्न सक्ने खुला चौरी र त्यसैको छेउमा रहेको पोखरी संरक्षण अभावमा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।

इटहरी १ का समोद कुमार शाहका अनुसार खोर्साने खाप पर्यटकीय रूपमा अत्यन्त सम्भावना बोकेको क्षेत्र भए पनि आवश्यक पूर्वाधार र संरक्षण अभावमा पछाडि परेको छ ।

“जिर्ण संरचनाको संरक्षण र पुनर्निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ,” उनले भने “यसका लागि तीनै तहका सरकारले समन्वय गरी लगानी गर्न आवश्यक छ ।”

स्थानीय खगेन्द्र राईका अनुसार करिब एक दशकअघि यहाँ दैनिक रूपमा विराटनगर, धरान, इटहरी, उदयपुर र झापाबाट सयौँ पर्यटक आउने गर्थे । पर्यटक लक्षित होमस्टे, स्थानीय मिलेर बनाइएका खोर्सानीबाट निर्माण गरिएको प्रवेशद्वार, काठको रोटेपिङ तथा खोर्सानीको प्रतीक चिन्ह यहाँका मुख्य आकर्षण थिए ।

बजेट अभावका कारण संरचनाहरू संरक्षण गर्न सकिएन, विस्तारै सबै हराउँदै गउको उनले बताए । अहिले त पर्यटक आउनै छाडेका छन् । उनका अनुसार बजेट व्यवस्थापन गरी प्रवेशद्वार पुनर्निर्माण, पोखरी संरक्षण तथा आधारभूत पूर्वाधार विकास गर्न सके क्षेत्रलाई पुनर्जीवित गर्न सकिन्छ ।
यस क्षेत्रमा खानेपानी लगायत आधारभूत आवश्यकताको अभाव रहेको स्थानीयको भनाइ छ ।

कृषि उत्पादनको सम्भावना रहेकाले पर्यटनसँग जोडेर आम्दानी वृद्धि गर्न सकिने स्थानीको विश्वास छ । पर्याप्त पूर्वाधार, संरक्षण र प्रभावकारी प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको खोर्साने खापलाई पुन स्थापित गर्न राज्यको समन्वित पहल आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved