वक्तृत्वकला प्रतियोगितामा धरान मेघाकी सन्जिना राई प्रथम

  • चैत २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय  वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई उत्कृष्ट बन्दै प्रथम स्थान हासिल गरेकी छन्।

-याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता संस्थाकै कार्यालयमा सम्पन्न भएको हो, जसमा धरानका विभिन्न प्लस टु का १८ जना विद्यार्थीहरू उत्साहजनक रूपमा सहभागी भएका थिए।

 प्रतियोगिताको नतिजाअनुसार सन्जिना राई विजेता बनेकी छन् भने सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी छन्। त्यस्तै, डिपोट सेकेन्डरी स्कुलकी क्यासी राई सेकेन्ड रनर अपको स्थान हासिल गरेकी छन्।

  यस वर्षको प्रतियोगिताको शीर्षक “जेन्जी आन्दोलन: परिवर्तनको आशा कि क्षणिक आक्रोश?” रहेको थियो, जसले सहभागी वक्ताहरूलाई गहिरो सोच र विश्लेषण प्रस्तुत गर्न प्रेरित गरेको देखिन्थ्यो। अधिकांश वक्ताहरूले जेन्जी आन्दोलनका सकारात्मक पक्षहरू स्वीकार्दै, बिना सुझबुझ भीडको पछि लाग्नु विवेकहीनता हुने तर्क राखेका थिए।

उनीहरूले नयाँ पुस्ताले केवल दर्शक बनेर बस्नु भन्दा पनि प्रश्न गर्ने, विश्लेषण गर्ने र जिम्मेवार ढंगले आफ्ना आवाज उठाउने आवश्यकता औंल्याएका थिए।

प्रतियोगिताभरि शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको सन्देश पनि बलियो रूपमा प्रस्तुत भयो। वक्ताहरूले महात्मा गान्धीको उदाहरण दिँदै, हिंसाबाट होइन, शान्तिपूर्ण तरिकाबाट पनि दीर्घकालीन परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।

“राष्ट्रका संरचना जलाएर देश निर्माण गर्न सकिँदैन, न्यायका लागि शान्तिपूर्ण आवाज नै बलियो हुन्छ” भन्ने सन्देश कार्यक्रमभरि गुन्जिएको थियो।

प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका विशेष अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा रोटरी क्लब अफ घोपा धरानका अध्यक्ष इश्वर ताम्राकार, अतिथीहरु रोटरी क्लब अफ घोपा धरानका निवर्तमान अध्यक्ष गौरवमान श्रेष्ठ, तथा  नाजु सुबेदीद्वारा अबिर, खादा सहित प्रमाणपत्र प्रदान गरिएको थियो। नगद पुरस्कार भने आगामी चैत्र २४ गते प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएका छन्।

प्रतियोगिताको मूल्याङ्कन अध्यापक जेपी काफ्ले तथा शिक्षिका एवं समाजसेवी सुस्मिता लिम्बूले गरेका थिए।

कार्यक्रमको समापनमा प्रा.लि.का अध्यक्ष  कार्कीले यस्ता प्रतियोगिताले युवा पुस्तामा विवेचना, तर्कशक्ति र जिम्मेवार अभिव्यक्ति विकास गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे।

साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समसामयिक विषयमा सचेत र सक्रिय नागरिक बन्न प्रेरित गर्ने अपेक्षा समेत गरिएको छ।

Messenger_creation_A06C8BE6-DAB6-4EB6-A42C-45164F988AED

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved