चक्रघट्टी/ वराहक्षेत्र नगरपालिका वडा नं ८ स्थित बाग्झोरामा रहेको कोशी माध्यमिक बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रत्न वहादुर राउत सर्वसम्मत रुपमा चयन भएका छन् ।
उनी उक्त बिद्यालयको पुर्व शिक्षक समेत हुन् । २०२५ सालमा स्थापना भएको उक्त बिद्यालय नगरकै प्रतिष्ठित सामुदायिक मध्य एक हो ।
बिहिबार सम्पन्न अभिभाबकहरुको भेलाले भरत बराल , सुरेन्द्र राई , राजवती उराँव र पुर्णमाया तिमिल्सिनालाई बिद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको थियो ।
समितिको बैठकले शिक्षा प्रेमी , चन्दादाता तथा समाजसेविको रुपमा रत्न बहादुर राउत र पबित्रा दियालीलाई चयन गरेको थियो ।
शुक्रवार बसेको बिद्यालय व्यवस्थापन समितिको पहिलो पुर्ण बैठकले रत्न वहादुर राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उक्त बिद्यालय ब्यवस्थापन समितिको पदेन सदस्यमा वडा नं ८ का अध्यक्ष रोशन खड्का र सदस्य सचिवमा बिद्यालयको निमित्त प्रध्यानाध्यापक लक्ष्मी राई रहेकी छिन् ।