समाचार

    Showing 3,451-3,460 of 8,469 items.
  • रामधुनी र शान्तिनगर फाइनलमा

    दुहबी / सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि दुई टिमको भेट पक्का भएको हो । सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रेश चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य तथा कोशीपत्र दैनिकका पत्रकार चन्दन रौनियारले

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 582 पटक पढिएको
    • " चन्दन रौनियार"
  • राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा आइडियल बोर्डिङका सुवेदी तेस्रो

    धरान /  नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् । नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला  प्रतियोगितामा उनी दोस्रो भएका थिए । देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पु

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी आन्दोलित ‘छापामार शैलीमा प्रदेश एकको नामकरण’

    धरान / प्रदेश एकको नाम कोशी प्रदेश भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् । उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 523 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशको नामकरण भएकोमा एम्सद्वारा स्वागत

    धरान / प्रदेशसभाले बुधबार प्रदेशको नामकरण गरेकोमा एम्स एकेडेमीले बिहीबार विद्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा विद्यार्थी र शिक्षकहरूले विद्यालय प्राङ्गणमा प्रदेशको नक्शा बनाएका थिए । विभिन्न रङको प्रयोग गरेर १४ जिल्लासहित बनाइएको नक्शावरिपरि शिक्षक र विद्यार्थीहरूले मैनबत्ती बालेर खुशी व्यक्त गरेका थिए ।   कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय निर्देशक दुर्गा सुवेदीले प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिनुको कारण विद्यार्थीहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । प्रदेशको नामकरण गर्न सफल भएकोमा उनले प्रदेशसभालाई धन्यवाद पनि दिए । कार्यक्रमम

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनियुक्त कर्मचारीलाई पाँचदिने तालिम

    मोरङ/ विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना प्रक्रियामा सम्बोधन गर्नुपर्ने बहुक्षेत्रगत विषयहरु र वडा समितिको भूमिका,वडाध्यक्ष, वडा समितिका सदस्यहरु र वडा सचिवको काम, कर्तव्य र अधिकार, वडा समितिबाट प्रदान गरिने सिफारिसहरु र सर्जमिन मुचुल्का, सम्पत्ति कर निर्धारण प्रक्रिया, सम्पत्ति कर निर्धारण प्रक्रियालगायत

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र सरस्वती स्कूल फाइनलमा प्रवेश

    मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कूल र सरस्वती स्कूल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल विहिबार हुने छ । पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुममा

    इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगित

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 529 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’

    धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरलेख अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क विमा पाईसेकेका छन् । इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो । साधारण स्वास्थ्

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिरा संघलाई सहयोग गर्ने प्रतिबद्धता

    मोरङ /  बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् । विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved