धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भएको छ । भोली (शनिबार) अर्थात बैशाख २२ गतेदेखि हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष भुपाल राईले वताएका छन् ।
उक्त प्रतियोगिता वैशाख २१ गते सम्म सञ्चालन हुने जनाइएको छ । धरना ६ स्थित बाजिपा खेल मैदानमा दिउँसो १ बजे उद्घाटन हुने भएको छ ।
पहिलो पटक हुन लागेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् ।
उद्घाटनका दिन विभिन्न जातीय साँस्कृतिक कार्यक्रम पनि हुने छ भने पहिलो दिनको उद्घाटन खेल बुल्स ११ र केफसी केराबारीवीच हुने जनाइएको छ ।
प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्याइज तहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लबसहित आरआइएफसी काठमाण्डौले प्रतियोगितामा भाग लिने भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि प्रमाण पत्र र मेडल , दोस्रो हुनेले ५५ सय ५ ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख भन्दा वढी खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त खर्चको व्यवस्थापन,स्थानीय सरकार देश विदेशमा रहेका नेपालीहरुको साथ र सहयोगद्धारा सन्चालन हुने क्लवका सह सचिव सुरेन मुदेलले वताए ।
स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने क्लबले जनाएको छ ।