प्रथम पानबारी गोल्डकपको शुरु, केएफसी सेमी फाईनलम प्रवेश (तस्बिरमा हेर्नुस)

  • बैशाख २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका उद्योगवाणिज्य सहकारी तथा कृषिमन्त्री राम कुमार खत्रीले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथी रहेका मन्त्री खत्रीले पानसमा वत्ती वालेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रम स्थलमा प्रमुख अतिथीलाई नौमती बाजा र विभिन्न जातीय झाँकी प्रदर्शन सहित स्वागत गरिएको थियो ।

आजको खेल सीसीडिआइसी धनकुटा र योङ ब्वाइज क्लब इटहरी वीच हुने पानबारी फुटबल क्लबका अध्यक्ष भुपाल(कृष्ण ) कुमार राईले वताए ।

प्रतियोगिता वैशाख २९ गते समापन हुने छ भने प्रतियोगिता अवधीभरी ८ वटा टिमहरु सहभागी हुने छन् ।

उद्घाटन खेलमा बुल्स ११ इटहरीलाई पराजित गरि केएफसी केराबारी खेलको सेमी फाइनलमा पुगेको छ ।केएफसीले बुल्स ११ लाई ५/४ गोल अन्तरले पराजित गरेको हो ।IMG-20240504-WA0122 IMG-20240504-WA0125 IMG-20240504-WA0134 IMG-20240504-WA0130 IMG-20240504-WA0120 IMG-20240504-WA0136 IMG-20240504-WA0126 IMG-20240504-WA0135

आजको खेल

प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्याइज तहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लबसहित आरआइएफसी काठमाण्डौले प्रतियोगितामा भाग लिने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि प्रमाण पत्र र मेडल , दोस्रो हुनेले ५५ सय ५ ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख भन्दा वढी खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त खर्चको व्यवस्थापन,स्थानीय सरकार देश विदेशमा रहेका नेपालीहरुको साथ र सहयोगद्धारा सन्चालन हुने क्लवका सह सचिव सुरेन मुदेलले वताए ।

स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यवसायिककरण गर्दै जाने क्लबले जनाएको छ ।IMG-20240504-WA0135 1 IMG-20240504-WA0128 IMG-20240504-WA0118 IMG-20240504-WA0123 IMG-20240504-WA0131 IMG-20240504-WA0124 IMG-20240504-WA0121 IMG-20240504-WA0133

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved