क्याम्ब्रिज र प्राइम एजुकेसनद्वारा पुनःस्थापना गृहलाई खाद्यान्न सहयोग

  • वैशाख २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहरूका लागि धरान–१ को छाताचोकस्थित क्याम्ब्रिज इन्स्टिच्युटअन्तर्गत प्राइम एजुकेसन प्रालिले शुक्रबार खाद्यान्न सहयोग गरेको छ ।

क्याम्ब्रिजका सञ्चालक लक्ष्मण दाहालले पुनःस्थापना गृहका सञ्चालक भीम राईलाई चामल, दाल, नुन र तेल हस्तान्तरण गरे ।

एसईई दिएर प्राइम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका विद्यार्थीहरूलाई सामाजिक कार्यमा उत्प्रेरित गराउन खाद्यान्न सहयोगमा सहभागी गराएको सञ्चालक दाहालले बताए ।

विद्यार्थीहरूले पुनःस्थापना गृहमा रहेका अनाथहरूलाई फ्रुटी र फलपूmलसमेत वितरण गरेका थिए ।

प्राइममै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले सहयोग गर्न पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।

उनले भनिन्, ‘आउने दिनहरूमा आपूmले पनि सकेको सहयोग गर्छु र अरूलाई पनि सामाजिक कार्यमा उत्प्रेरित गर्छु ।

’ अर्की छात्रा अङ्किता रामले पनि समाजसेवाजस्तो काममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् ।

ठूलो भएर यस्तै समाजसेवा गर्नुपर्छ भन्ने प्रेरणा आपूmले पाएको उनको भनाइ छ ।

पुनःस्थापना गृहका सञ्चालक राईले सहयोगका लागि क्याम्ब्रिज र प्राइम एजुकेसनलाई धन्यवाद दिए ।

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved