धरानमा एमालेको बिरासत फर्काउनु पर्छः एमाले उपाध्यक्ष पाण्डे

  • वैशाख २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउनु पर्ने वताएका छन् ।

शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रहेका पाण्डेले संवोधन गर्दै धरानमा नेकपा एमालेले चुनाबमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नुको विकल्प नभएको वताएका हुन् ।440763158_7032771530161032_10912854432366051_n

नेता पाण्डेले चुनाब पराजित हुनुको कारण ३ वटा हुन सक्ने कार्यकर्तामाझ प्रस्टाउँदै अरुले गठवन्धन गर्दा, हाम्रो अवस्था खस्किएर अथवा आफैले भोट नदिएर यी ३ कुराको साङगो पाङ्गो समिक्षा गरेर अघि बढुन पर्ने बताए । 

नेतृत्व गुमाउनुको कारणको खोजी गर्ने र अहिलेदेखि नै जनमुखी र जनताको काम गरेर जनताकै मन जित्नु पर्ने वताए । ’

कार्यक्रममा विशिष्ट अतिथी एमालको केन्द्रिय सदस्य एवम् धरान नगर इन्चार्ज जगदिस कुसियतले मिसन ग्रासरुटको उपलब्धीको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले एकल बहुमतका साथ विजयी गराउने मूल उद्धेश्य रहेको वताउँदै सोही अनुरुप अहिले देखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन ।

कार्यक्रममा केन्द्रिय सदस्य मन्जु भण्डारीले पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने गर्ने र जिम्मेवारी पालना गर्ने बेला होडबाजी नहुने कुराले पार्टी चलायमान हुन नसकेको वताइन् ।440745350_1169225927412092_985445894829453963_n

विस्तारित बैठकमा कोशी प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका विजयकुमार राईले धरानमा एमाले पहिलो सङ्गठन भएर पनि प्रमुख पदमा पराजय भएको विषय समीक्षा गर्नु पर्ने बताए ।440777930_2154946511535716_6886611979753285539_n

दुई पटक प्रमुख पद गुमाएको बताउँदै उनले मिसन ८४ मा जित सुनिश्चित हुनु पर्ने चाहाना सबैमा रहेको उल्लेख गरे ।437673368_968602807804107_1621073478528082869_n

कार्यक्रममा नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङ्माङ राईले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए । 437673174_3762666083961754_5690977833305965283_n

बैठकको पहिलो सत्रमा नेकपा एमाले धरानका आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।440865943_1132785778144426_4029450976097089299_n

कार्यक्रममा एमाले धरानका उपसचिव योगेशबाबू काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने सचिव राजेन्द्र राईले संचालन गरेको कार्यक्रममा अग्रज नेता वंशी मोक्तान,437550941_816697613846248_1939354551711580200_n

इन्द्रबहादुर राई लगायत पार्टीका प्रदेश तथा जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङले वताएका छन् ।440768750_3878407232482697_6230198952221838703_n

कार्यक्रममा  एमाले नेता इन्द्र कुमा राई र वंशी मोक्तानलाई सम्मान समेत गरिएको छ ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved