धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्
धरान/ सडक दुर्घटनाका कारण स्पाइनल कर्ड इन्जुरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार पुण्य प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्। संगठनका सदस्य समेत रहेका पोखरेल धरान–१५ का स्थायी बासिन्दा हुन्। हाल उनी कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्। सहयोग हस्तान्तरण कार्यक्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले पीडित मजदुरको अवस्था देखेर सहयोग गरेको
धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्
काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्। राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्। सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्। तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देश
धरान । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । देशैभरी निर्वाचनको सरगमी बढेको छ । सुनसरीको धरान पनि चुनाबी सरगमीले निकै विद्यार्थी माझ महौल तात्नु स्वाभाविक नै हो भने ठुला राजनीतिक पार्टी बीच पनि आफ्नो पार्टीको विद्यार्थीलाई जिताउने कसरतमा लागेका छन् । त्रिभुवन विश्व विद्यालय अन्र्तरगत धरानका ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । केन्द्रिय राजनीतिको सत्ता गठवन्धनकै आधारमा यहाँ पनि विद्यार्थीको संगठनवीच गठवन्धन भएको छ । नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम
धनकुटा । कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस धुमधामसँग मनाएको छ ।संघीय संरचना अनुसार विभिन्न ८ वडा गाविसहरुलाई गाभेर साँगुरीगढी गाउँपालिका घोषणा गरेको थियो । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा भएको सो स्थापना दिवसमा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई साँगुरीगढी गाउँपालिकाको संक्षिप्त स्थिती पत्र प्रस्तुत गरे । उनी अहिलेसम्म पालिकाले गरेका विकास निर्माणका काम र खर्च भएको अवस्थाबारे पनि जानकारी गराए ।जिल्ला समन्वय प्रमुख तामाङले साँगुरीगढी गाउँपालिकाले पर्यटन क्षेत्रमा मारेको फड्कोले समग्र धनकुटाला
सुनसरी/वराहक्षेत्र नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ को टोलीले जितेको छ। बुधवार सम्पन्न फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टोलीले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ। साथै, रनिङ शिल्ड प्रतियोगिता भएकाले वडा नं २ ले अर्को सिजनको लिग हुनु एक महिनासम्म एक केजी चाँदीको ट्रफी समेत राख्न पाउनेछ। उक्त ट्रफी तीन पटक जितेपछि मात्र विजेता टोलीको स्थायी स्वामित्वमा जाने नियम छ। पुरस्कार राशि : • विजेता (वडा नं २) : रु. २,०२,००० • उपविजेता (वडा नं ५) : र
काठमाडौं/ त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेसँगै देशभरका क्याम्पसहरूमा विद्यार्थी राजनीति तातेको छ। विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले चुनावी रणनीति तयार गर्दै तिव्र चुनावी प्रचारप्रसार थालेका छन्। फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन्। स्ववियु निर्वाचनलाई ‘मिनी संसद’का रूपमा लिइने भएकाले प्रमुख विद्यार्थी संगठनहरू आ(आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न रणनीति अपनाइरहेका छन्। कतै गठबन्धन, कतै तीव्र प्रतिस्पर्धा यस पटकको स्ववियु निर्वाचनमा कतिपय क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले गठब
धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्। फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्। फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ। वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ